तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मनसुनमा देशभर करिब २० लाख जनसंख्या प्रभावित हुने अनुमान, सबैभन्दा बढी लुम्बिनीमा

काठमाडौं । सरकारले यस वर्षको मनसुन अवधिमा देशभर ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आँकलन गरेको छ । सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा प्रभावित हुने आँकलन छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा गरेको वर्षाको प्रक्षेपणलाई समेत आधार मानेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो आँकलन गरेको हो । विभागले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ । त्यसमध्ये पनि सबैभन्दा बढी वर्षा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हुने विभागको प्रक्षेपण छ ।

सोही प्रक्षेपणको आधारमा प्राधिकरणले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने आँकलन गरेको प्रवक्ता रामबहादुर केसीले बताए । उनका अनुसार लुम्बिनीमा १ लाख १९ हजार ८३० घरधुरी प्रभावित हुने अनुमान छ ।

लुम्बिनीपछि सबैभन्दा धेरै बागमती प्रदेशको जनसंख्या प्रभावित हुने अनुमान छ । बागमतीमा ३ लाख २७ हजार ३७६ जना मनसुनबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ ।

यसैगरी गण्डकी प्रदेशमा २ लाख ८७ हजार १०७, कोशीमा २ लाख ७५ हजार ८६७, मधेशमा २ लाख २८ हजार ६८७, सुदूरपश्चिममा २ लाख २७ हजार ७३० र कर्णालीमा सबैभन्दा कम १ लाख २७ हजार ३०८ जनसंख्या मनसुन अवधिमा प्रभावित हुने अनुमान छ ।

जलवायु परिवर्तनको असरले हिमालय क्षेत्र संकटमा परिरहेका बेला यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमै सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना देखिएको छ । हिउँ पर्ने ठाउँमा वर्षा र गर्मी सरदरभन्दा बढी हुने संकेतलाई विज्ञहरूले चिन्ताजनक मानेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित