युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बुटवलमा आमा र २ बच्चाको बीभत्स हत्या, हत्याको अभियोगमा पूर्व श्रीमान् पक्राउ

बुटवल – बुटवल होराईजनचौकमा आमा र २ बच्चाको विभत्य रूपमा हत्या भएको छ । बुटवल ११ होराइजनचोक नजिकै मिलीजुली पथमा अन्दाजी २७ वर्षीय दीपा बस्याल, उनका छोरा र छोरीलाई घाँटी अठ्याएर विभत्य ढंगले हत्या गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बिहान पूर्व श्रीमानले पूर्व श्रीमती र २ जना बच्चाहरूको हत्या भएको पुष्टि गरे । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०÷३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिभोर्स भएर अर्केसङ विवाह गरी गएकी पूर्व श्रीमतीलाई पूर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी ४ बजेतिर घटना घटाएको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार १० वर्षअघि नै सम्बन्ध विच्छेद भइसकेको थियो ।

डिएसपी रानाले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताए । हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेको स्थानीयले बताएका छन् । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित