बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु)

बुटवल । सामाजिक सेवामा विगत ५ बर्ष देखि समर्पित तिलोत्तमा–३ स्थित मिरा कोषले लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा विरामी र आफन्तलाई मध्यनगर गर्दै खानेपानी र फलफुल वितरण गरेको छ ।

कोषका अध्यक्ष हेमलाल शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत खानेपानी र फलफुल वितरण गरिएको बताए । कोषले १ सय कार्टुन खानेपानी र अर्थो वार्डमा रहेका ५२ जना विरामी र विरामीका आफन्तलाई फलफुल, जुस, विस्कुट र पानी वितरण गरेको अध्यक्ष शर्माले बताए ।

उनले आगामी दिनमा कोषले अझ बढि रचनात्मक कार्य गर्दै जाने प्रतिबद्धता समेत जनाए ।

खानेपानी तथा फलफुल वितरण कोषका महासचिव रामचन्द्र पौडेल, लुम्बिनी प्रादेशिक अस्पतालका प्रशासकिय प्रमुख राजन केसी, समाजसेवी हुमनाथ ज्ञवाली, शिवलाल भुसाल, कोषका कोषाध्यक्ष केशव भुसाल, सदस्यहरु एनिका श्रेष्ठ, रितिका तिवारी, आर्जित गिरी लगाएतले खानेपानी र फलफुल वितरण गरेका थिए ।

कोषले समय समयममा आश्रमहरुमा खाद्यान्य वितरण, सरसफाई, विपत्तको समयमा राहत कोषमा रकम प्रदान गर्दै आइरहेको छ ।

समाजमा उदाहरणिय काम गर्दै आएको कोषले आगामी दिनमा स्वास्थ्य सचेतनामुलक कार्यक्रम, सरसफाई, सहयोग वितरणका कार्यक्रम गर्दै जाने अध्यक्ष शर्माले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित