तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

देवस्थल मन्दिरमा पदस्थापन

बुटवल ।
योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

समितिको १४ औ साधारण सभा तथा नवौ अधिवेसनबाट निर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपाने, वरिष्ठ उपाध्यक्ष कमल नेपाल, उपाध्यक्ष हरि प्रसाद उपाध्याय, सचिव रनमाया चापागाई, सहसचिव जिवलाल बश्याल, सहकोषाध्यक्ष माया बेल्बासे तथा सदस्यहरु मन्जु खड्का, कमला न्यौपाने, एकदेव न्यौपाने, श्याम कुमार पोखरेल, गणेश न्यौपाने, पप्पु बिक, लक्ष्मी शाक्य, ललिता खनाल तथा लेखा समिति संयोजक विश्वबन्धु न्यौपानेलाई निर्वाचन समितिका संयोजक महेन्द्र थापाले पदस्थापन तथा सपथ ग्रहण गराए ।
कार्यक्रममा पुर्वअध्यक्ष पुर्णानन्द गिरि, रामचन्द्र ज्ञवाली, भक्तबहादुर केसी, ज्योतिप्रसाद अर्याल, समितिका निवर्तमान अध्यक्ष अशोक गुरुङ, सल्लाहकार सुरज भट्टराई, निर्वाचन समितिका सदस्य सुमन अधिकारीले ईतिहास बोकेको मन्दिर भएपनि ओझेलमा परेको बेला नया ढंगबाट विकास अघि बढेको भन्दै अब यसलाई थप उचाईमा लग्ने गरि योजना बनाउन सुझाव दिए ।


कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपानेले धार्मिक केन्द्रको आस्थाका रुपमा रहेको मन्दिरको विकासमा नया योजना तयार गरेको बताए । मन्दिरमा बहुउदेश्यीय भवन निर्माण पहिलो योजना रहेको उनले बताईन । यसैगरि परापुर्व समयको झल्को दिने विश्राम स्थल निर्माण, जेष्ठ नागरिक केन्द्र लगायतका योजनालाई सबैको साथबाट अघि बढाउने उनले बताईन ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक महेन्द्र थापाले मन्दिरलाई जिवन्त र गतिशिल बनाउने गरि कामको थालनी भएको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित