रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

मणिमुकुन्द कप इन्डो–नेपाल भलिबलको उपाधि गल्कोटलाई

गल्कोट भलिबल क्लब बागलुङले रुपन्देहीको तिलोत्तमामा सम्पन्न १०औं मणिमुकुन्द कप इण्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको यस क्षेत्रकै पहिलो रात्रिकालीन प्रतियोगिताको फाइनल शनिबार राति भएको थियो ।

फाइनलमा भारत गुजरातको साग भलिबल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको हो । गल्कोटले साग भलिबललाई २५-२०, २५-१८, २६-२४ ले पराजित गरेको हो ।

गल्कोटले टिममा इरानी खेलाडीलाई मैदानमा उतारेको थियो । उपाधिसँगै गल्कोटले तीन लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाएको छ ।

यस्तै उपविजेता साग भलिबल एकेडेमी गुजरातले दुई लाख ११ हजार १११ रुपैया नगद पुरस्कार पाएको छ ।

नेपालका तीन विभागीय सहित ८ टिमले भाग लिएको प्रतियोगितामा गत वर्षको उपाधि विजेता त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा चित्त बुझाउँदै एक लाख ११ हजार १११ रुपैयाँ तथा चौथो स्थानमा रहेको गण्डकी प्रदेश भलिबल संघले ६६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार पाए ।

विजयी टिम र खेलाडीलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी,प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित