निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बेगमबेली फूलले रङ्गिएको तिलोत्तमा (फोटोफिचर)

रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र पर्ने बुटवल-भैरहवा सडकखण्ड अहिले फूलले ढकमक्क भएको छ। बसन्त ऋतु शुरू भएसँगै सडकको डिभाइडर र सर्भिस लेनमा फुलेका फूलले सम्पूर्ण क्षेत्रलाई आकर्षक बनाएको छ।

करीब १३ किलोमिटरको यो सडकखण्डमा डिभाइडरमा बुद्धका मूर्तिसँगै रोपिएका र ढकमक्क फुलेका बेगमबेली फूलहरूले सडकको सौन्दर्य अझ बढाएका छन्। सर्भिस लेनमा पनि हरिया बनस्पति र फूलहरू देख्न सकिन्छ।

तिलोत्तमा नगरपालिकाले सडक सौन्दर्य बढाउन फूल रोप्ने, संरक्षण गर्ने र नियमित रेखदेखको काम गर्दै आएको छ। नगरपालिकाका अनुसार सडकको बीच डिभाइडर र सर्भिस लेनमा हाल २५ सयभन्दा बढी बेगमबेली फूल रोपिएका छन्।

नगरपालिकाले बेगमबेली फूललाई ‘नगरफूल’ घोषणा गरेको छ। तिलोत्तमा अहिले विश्वका ४० सफा नगरमध्ये एकमा परेको छ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित