लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बेगमबेली फूलले रङ्गिएको तिलोत्तमा (फोटोफिचर)

रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र पर्ने बुटवल-भैरहवा सडकखण्ड अहिले फूलले ढकमक्क भएको छ। बसन्त ऋतु शुरू भएसँगै सडकको डिभाइडर र सर्भिस लेनमा फुलेका फूलले सम्पूर्ण क्षेत्रलाई आकर्षक बनाएको छ।

करीब १३ किलोमिटरको यो सडकखण्डमा डिभाइडरमा बुद्धका मूर्तिसँगै रोपिएका र ढकमक्क फुलेका बेगमबेली फूलहरूले सडकको सौन्दर्य अझ बढाएका छन्। सर्भिस लेनमा पनि हरिया बनस्पति र फूलहरू देख्न सकिन्छ।

तिलोत्तमा नगरपालिकाले सडक सौन्दर्य बढाउन फूल रोप्ने, संरक्षण गर्ने र नियमित रेखदेखको काम गर्दै आएको छ। नगरपालिकाका अनुसार सडकको बीच डिभाइडर र सर्भिस लेनमा हाल २५ सयभन्दा बढी बेगमबेली फूल रोपिएका छन्।

नगरपालिकाले बेगमबेली फूललाई ‘नगरफूल’ घोषणा गरेको छ। तिलोत्तमा अहिले विश्वका ४० सफा नगरमध्ये एकमा परेको छ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित