लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तस्वीरमा हेर्नुहोस – रात्रिकालिन भलिवलको रौनक

रुपन्देहीमा जारी १० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिपको उपाधिका लागि भारतको साग भलिबल एकेडेमी र गल्कोट भलिबल क्लब भिडने भएका छन । शुक्रबार भएको पहिलो सेमीफाईनलमा भारतको साग भलिबल एकेडेमील गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो । यसैगरि दोस्रो सेमीफाईनलमा गल्कोट भलिबल क्लबले विभागिय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । फाईनल खेल शनिबार हुने छ । यसैगरि तेस्रो स्थानका लागि गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबका बिचको खेल पनि शनिबार नै हुनेछ ।

तिलोत्तमा नगरपालिका–२ स्थित क्लबको खेल मैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो सेट गण्डकी प्रदेश भलिबल संघले २५–२१ अंकका साथ जित निकालेर अग्रता लिएको थियो । तर भारतको साग त्यसपछिको ३ सेट लगातार जित्दै उपाधि दाबेदारी पेश गरेको हो । भारतको साग भलिबल एकेडेमीले २५–२०, २९–२७, २५–१७ को लगातार जित निकाल्दै खेलमा फर्कियो । खेलमा सागका सुरज चौधरी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

दोस्रो सेमीफाईनलमा पहिलो सेट गल्कोट भलिबल क्लबले २५–१८ अंकसहित जित निकालेर अग्रता लिएको थियो । दोस्रो सेट भने त्रिभुवन आर्मी क्लब २५–२३ को अंकले बराबरी गर्यो । त्यसपछि भने गल्कोट लगातार २५–१४, २५–२२ अंकसहित जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो । खेलमा गल्कोटका अमिर सेरागत प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद ३ लाख ११ हजार १११ रुपियाका साथै ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २ लाख ११ हजार १११, ट्रफी,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । यसैगरि तृतीय टिमले नगद १ लाख ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना हुने टिमले नगद ६६ हजार ६६६ रुपिया, ट्रफी, मेडल तथा प्रमाणपत्र बाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट प्लेयर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर, उत्कृष्ट कोच र अनुशासित खेलाडीलाई पनि नगद र कपबाट पुरस्कृत गरिने उनले बताए । बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगितामा आठ टिम भाग लिएका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित