तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला

पौडी खेल्ने क्रममा रुपन्देहीको दानव नदीमा सोमवार डुबेर बेपत्ता भएका तीनैजना बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा पौडी खेल्न गएका स्थानीय तीनजना बालक सोमवार दिउँसो १ बजेतिर डुवेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा प्रबक्ता सुरज कार्कीले ती तीनैजना बालकको शव पेला परेको र पोष्टमार्टमको तयारी गरिएको जानकारी दिए । उनका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा डुबेर बेपत्ता भएका स्थानीय १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजनको शव पेला परेको हो ।

जसमध्ये राजनको शव नदीमा हराएको स्थानमा हिलोमा डुवेको अवस्थामा र अन्य दुईजनाको शव डुवेको स्थानदेखि करिव १५ मिटर तल नदीमा फेला परेको थियो । उनीहरुको शव पोष्टमार्टमका लागि भीम अस्पतालमा राखिएको छ । घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयसहितको टोलीले उनिहरुको खोजतलाश जारी राखेको थियो । सशस्त्र प्रहरीको गोताखोरले शव निकाल्न सफल भएको हो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित