तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

लुम्बिनी प्रेस क्लबका निवर्तमान कोषाध्यक्ष पत्रकार राधेश्याम बिश्वकर्मामाथि तस्करहरुको समूहले रुपन्देहीको मर्चवारमा गरेको दुव्र्यवहार र भौतिक आक्रमणको प्रयासका बिषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ । समाचार संकलनका लागि रुपन्देहीको मर्चवार जाँदै गरेका पत्रकार बिश्वकर्माले रुपन्देहीको मायादेवि गाउँपालिका ६, मकरीमा तस्करी भइरहेको भिडियो खिच्ने क्रममा तस्करहरुको समूहले आक्रमण गरेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग बुटवल कार्यालयका मानव अधिकार अधिकृत आशिश श्रेष्ठको नेतृत्वको टिमले मंगलबार पीडित विश्वकर्मा र लुम्बिनी प्रेस क्लबको टिमलाई भेटेर घटनाबारे जानकारी लिएको हो । श्रेष्ठसँगै अधिकृत सुप्रिना चौधरी र सूचना प्रबिधि सहायक अर्जुन खनालले घटनाको बिषयमा जानकारी लिएको क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।

अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि तस्करहरुको समूहले सांघातिक आक्रमणको प्रयास गरेको थियो ।
समाचार संकलन गर्न जाने क्रममा भैरहवा–मर्चवार सडकको मूल खण्डमा खुलेयाम लाइन लागेर विभिन्न सवारीमा भइरहेको तस्करीको दृश्य देखेपछि क्यामेरामा कैद गर्ने क्रममा आफूलाई दीपेश यादव बताउने तस्करहरुको समूहले आक्रमण प्रयास गरेको बिश्वकर्माले जानकारी दिए ।

तस्करहरुको समूहले झोला खानतलासी गर्नुका साथै क्यामेरा, मिडिया हाउसको परिचय पत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हालेर बन्धक बनाउने काम गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित