भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

आज यी ३ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप अहिले कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ।

देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोसी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। अहिले काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भइरहेको छ।

त्यसैगरि सुदूरपश्चिम क्षेत्रको डडेलधुरा, कञ्चनपुर, बैतडी लगायतका ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित पानी परिरहेको महाशाखाले जनाएको छ।

केही समयपछि यो प्रणाली पूर्व (कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश)तिर सर्दै जाने महाशाखाको अनुमान छ।

आज कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ। त्यसैगरि देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ।

आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका विभिन्न स्थानमा हुने मेघगर्जन र चट्याङसहितको वर्षा तथा हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत प्रभाव पर्न सक्ने अनुमान गर्दै महाशाखाले त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि सबैमा अनुरोध गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित