रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

१७१ यात्रु लिएर भैरहवा आएको जजिरा १६८ जना लिएर फर्कियो, हप्तामा ३ दिन उडान गर्ने

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)बाट कुवेतको जजिरा एयरवेजले पनि उडानको शुरूआत गरेको छ ।

विमानस्थल सञ्चालनको बेला उडान थाले पनि विभिन्न कारण देखाउँदै उडान स्थगित गरेको जजिराले शनिबार १७१ जना यात्रुसहित पुनः उडान थालेको हो ।

१७१ यात्रुसहित भैरहवा विमानस्थलमा शनिबार बिहान अवतरण गरेको जजिराले १६८ यात्रु लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए ।​

जजिराले विमानस्थल सञ्चालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रूपमा व्यावसायिक उडान थालेको थियो ।

‘जजिराको राम्रो अकुपेन्सी छ,’ बज्राचार्य भन्छन्, ‘शुरूआतमा नै १७१ यात्रु ल्याउनु र १६८ यात्रु लैजानु धेरै राम्रो हो ।’

जजिराले हप्ताको तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।

भैरहवा विमानस्थलबाट यसअघि थाइल्याण्डको वायुसेवा कम्पनी थाई एयर एशियाले नियमित उडान शुरू गरिसकेको छ ।

शनिबार एकै दिन जजिरासहित नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडानको शुरूआत गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित