तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा

नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान प्रतिबन्ध फुकुवा गरेको छ । थाइ एयर एसियाले स्पष्टीकरणसहित लिखित रूपमा माफी मागेपछि प्राधिकरणले उडान प्रतिबन्ध फुकुवा गरेको हो ।

आइतबार उडान अनुमति नलिई काठमाडौं आएको थाइ एयर एसियाको विमानलाई प्राधिकरणले तत्कालका लागि निलम्बन गरिएको थियो । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द गरिएको थियो ।

भैरहवा नियमित उडान गर्ने सर्तसहित बुधवार थाइ एयरको उडान फुकुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । भूलका अनुसार थाइ एयरले अब काठमाडौंका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्ने छ ।

अब आइतबार अर्थात् कार्तिक १८ गतेदेखि थाइ एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट पनि नियमित उडान गर्नेछ ।

थाइल्यान्डबाट काठमाडौं आएको उक्त विमान करिब एक घण्टा ‘होल्ड’ भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित