तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

म्यानमारका संस्कृतीमन्त्री यूटिन द्वारा लुम्बिनी भ्रमण

म्यानमार सरकारका धार्मिक मामिला तथा सँस्कृती मन्त्री यूटिन ओलुयिनले बुधबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । 
 
मन्त्री यूटिनलाई लुम्बिनी विकास कोषका बरिष्ठ सुरक्षा अधिकृत खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका विकास लामाले स्वागत गरेका हुन् । उक्त अवसरमा मन्त्री यूटिनले शान्तिदीप, मायादेवी मन्दिर, पुष्पकरणी पोखरी, अशोक स्तम्भको भ्रमण गर्दै लुम्बिनीका बारेमा जानकारी लिए ।
 
बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी भएका यूटिनले मायादेवी मन्दिर परिसरमा शान्तिको कामना गर्दै पूजा गरेका थिए । बुद्धिष्ट देश समेत भएकाले म्यानमारको लुम्बिनीप्रति श्रद्धा र आस्था रहेको छ ।
 
लुम्बिनी स्थित म्यानमार विहारले पूजाको व्यवस्थापन गरेको थियो । संस्कृती तथा धार्मिक मन्त्रीको भ्रमणले अझ म्यानमारबाट लुम्बिनी आउने तीर्थयात्री बृद्धि हुने लुम्बिनी विकास कोषले अपेक्षा गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित