तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सैनामैनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुँदै

बुटवल । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय स्तरिय लोकभनज प्रतियोगिता गर्न लागेको जानाकारी दिएको छ ।
आउंदो मंसिर १५ गते पर्रोहा माध्यमिक विद्यालयको खेल मैदानमा हुने लोक भजन प्रतियोगितामा २० भन्दा बढि विद्यालयको सहभागिता हुने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकालीले बताए ।
लोक भजन पछिल्लो समय लोप हुंदै गएको र त्यसको संरक्षण र प्रबद्र्धन विद्यालयका बालबालिकाहरु बाट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन ागर्न लागेको उनले बताए ।
कुल ३ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितिय हुनेले १५ हजार, तृतिय हुनेले १० हजार र शान्त्वना हुनेले ५ हजार प्राप्त गर्ने आयोजकको दावी छ । हाल लोक भजन चुड्का संरक्षण प्रतिस्ठान ५३ भन्दा बढि जिल्लामा फैलिएको छ ।
जिल्ला अध्यक्ष दामोदर अधिकारीले भजन प्रतियोगिता विद्यालय स्तरमा पहिलो पटक हुन लागेको भन्दै यसले नेपाली संस्कार, संस्कृतिको जर्गेना गर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित