रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

बुटवलको अमरपथमा दीपावली महोत्सव हुने

बुटवलको अमरपथमा दीपावली महोत्सव हुने भएको छ ।

अमरपथ टोल व्यवसायी समितिको आयोजनामा यहि कात्तिक १५ देखि १७ गतेसम्म ‘अमरपथ दीपावली महोत्सव’ गर्न लागिएको हो । अमरपथ दीपावली महोत्सव मल्लीकम्प्लेक्सभन्दा माथिल्लो अमरपथ चोकदेखि दुरसञ्चार अंगाडिको काठेपुल चोकसम्म सञ्चालन गरिने छ ।

बुटवलको पुरानो बजार अमरपथमा विगतदेखि नै उज्यालो पर्व तिहार (दीपावली) अंगाडि अमरपथ दीपावली महोत्सव गर्दै आईएको र लक्ष्मीपुजादेखि गोवर्धन पुजासम्म दीपावली महोत्सव गरिने अमरपथ टोल व्यवसायी समितिका अध्यक्ष रामकुमार रणपालले जानकारी गराए ।

अमरपथ दीपावली महोत्सवको संरक्षकमा बुटवल उद्योग वाणिज्य संघ रहेको छ भने बुटवल उपमहानगरपालिकाकाले पनि अभिभावकत्व ग्रहण गरेको छ । तीन दिनसम्म सञ्चालन गरिने दीपावली महोत्सवमा आउने उपभोक्तालाई सामानको खरिदमा १० देखि २० प्रतिशत सम्म छुट सुविधा प्रदान गरिने आयोजक समितिका सल्लाहकार तथा पूर्व अध्यक्ष गकुल विश्वकर्माले बताए ।

उनका अनुसार सुनका गरगहनामा जर्ती तथा ज्यालामा छुट सुविधा प्रदान गरिने छ ।

बुटवल आफैमा नेपालकै मध्ये भागको व्यापारिक थलो र अमरपथ बुटवलकै मुटु भएकाले अमरपथकै प्रचारप्रसार तथा प्रवद्धनका लागि महोत्सवलाई निरन्तरता दिदै आएको समितिका सचिव किरण खनालले बताए ।

यो महोत्सव बिक्रेता र उपभोक्ताका बिचमा सम्बन्ध प्रगाढ बनाउने बिश्वास लिईएको छ । सो महोत्सवमा अमरपथ बजारलाई नै सिंगारेर राख्ने हरेक पसलमा दिपावली दिक्ष्मीको पुजा गर्ने तथा तीनै दिन सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने समितिका कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित