तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीमा पूर्वमन्त्री गुप्तामाथि आक्रमण प्रयास

लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तामाथि आक्रमण प्रयास भएको छ। रुपन्देही क्षेत्र नम्बर ५ को ‘ख’ बाट प्रदेशसभा निर्वाचित गुप्तामाथि लुम्बिनीमा आज केही युवाले आक्रमणको प्रयास गरेका हुन् ।

युवकहरूको दुई समूहबिच उत्पन्न विवादका बिच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडीलाई रोकेर युवाहरूको समूहले हातपातको प्रयास गरेपछि प्रहरीले उद्धार गरी उनलाई आफ्नो कार्यालयभित्र पुर्‍याएको हो ।

गुप्ताले आफूमाथि आक्रमणको प्रयास गरिएको र गाडीमा सवार विधान्चल यादवको खुट्टामा चोट लागेको बताए । पूर्वसांसद फकरउद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समूहले आफूमाथि आक्रमण गरेको सांसद गुप्ताले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित