निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

१५ मिटर जग्गाको गाँठो फुकेसँगै छ वर्षदेखि अलपत्र रंगशाला निर्माणको बाटो खुल्यो

बुटवल : १५ मिटर जग्गाको गाँठो फुके सँगै बुटवल उपमहानगरपालिका वडा-१३ सालघारी स्थित जबइ खेल मैदानलाई स्तरोन्नत्ति गरेर उजीरसिंह रंगशाला निर्माणको बाटो खुलेको छ।

छ वर्षअघि ५० लाख रुपैयाँ खर्चिएर डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) र १५ लाख खर्चिएर वातावरणीय प्रभाव मूल्यांकन(ईआईए) बनाए पनि निर्माण हुन नसकेको रंगशलाको निर्माणको अब भने गति लिने भएको छ।

डीपीआर अनुसार साढे ४ विगाहा क्षेत्रफलमा निर्माण गर्ने भनिएको रंगशालाको १५ मिटर जग्गा जितेश्वरी सामुदायिक वनमा परेपछि छ वर्षदेखि निर्माणको काम अलपत्र परेको थियो।

गत असोज १८ गते मन्त्रिपरिषद् बैठकले उजीरसिंह रंगशाला आयोजनाको लागि राष्ट्रिय वन क्षेत्रको तीन हेक्टर जग्गा बुटवल उपमहानगरपालिकालाई प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माणको काम थाल्न बाटो खुलेको खेलकुद विकास समिति रुपन्देहीका पूर्व प्रमुख योग गुरुङले बताए।

उजीरसिंह रंगशाला निर्माणको काम शुरू भएपछि सिंगो रुपन्देहीले खेल क्षेत्रमा फड्को मार्ने उनको विश्वास छ।

‘जग्गा प्राप्ति ढिला भयो तर केही पनि बिग्रेको छैन। यसको निर्माण सकेर व्यवस्थित बनाएपछि खेल क्षेत्रमा रुपन्देहीको नयाँ आयाम बन्नेछ’, उनले भने।

बहुउद्देश्यीय भनिएको रंगशाला निर्माणको लागि डीपीआर अनुसार ३७ करोडको लागत अनुमान गरिएको छ।

बुटवलको जीतगढीमा भएको अंग्रेज फौजसँगको लडाइँमा अंग्रेजलाई पराजित गर्दै नेपालीहरूको वीरतालाई विश्वभर फैलाउने कर्णेल उजीरसिंह थापाको सम्मानमा उपमहानगरपालिकाले यो रंगशालालाई उजीरसिंह रंगशाला नाम दिएको थियो।

२० हजार दर्शक अट्ने रंगशाला प्रवेश गर्न चार वटा प्रवेशद्वार हुनेछन्। फुटबल मैदानका अलवा बाहिर स्विमिङ पुल, एथलेटिक्स ट्र्याक, भलिबल, बास्केटबल, टेनिस कोर्ट लगायतका संरचना पनि बन्ने डीपीआरमा उल्लेख छ।

लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश स्तरीय रंगशाला निर्माणका लागि भन्दै २०७६/७७ सालदेखि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको थियो। तर काम नहुँदा हरेक वर्ष बजेट फ्रिज भएर फिर्ता हुने गरेको थियो।

प्रदेश सरकारले रंगशालाको लागि आर्थिक वर्ष २०७६/०७७ सालमा ५ करोड, २०७७/०७८ मा ४ करोड, २०७८/०७९ मा ४ करोड, २०७९/०८० मा ५ करोड ५० लाख र २०८०/०८१ मा ४ करोड रुपैयाँ बजेट छुट्याएको थियो। यो सबै बजेट काम नहुँदा फ्रिज भएको थियो।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि तीन करोड बजेट विनियोजन गरेको छ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव तिरण गौतमले रंगशाला निर्माणको बाटो खुल्ला भएसँगै अब प्रदेशको आफ्नै रंगशाला बन्ने कार्यको प्रारम्भ भएको बताए।

‘नेपालगञ्जको रंगशाला संघ सरकार हो। प्रदेश सरकारले दुई वटा अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाउने योजना बनाएको छ। त्यो मध्येको बुटवलमा हो। अब बुटवलको काम अघि बढ्छ’, उनले भने।

उजीरसिंह रंगशाला र नेत्रलाल रंगशाला प्रदेश सरकारले अघि सारेका रंगशाला हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित