युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

सिद्धार्थ केवलकारमा आन्तरिक पर्यटकको भीड

बुटवल । बुटवलदेखि पाल्पाको नुवाकोट गढी जोड्ने सिद्धार्थ केबुलकार संचालनमा आएको छ ।

निर्माण थालेको दुईवर्ष भित्रै संचालनमा ल्याउने योजना सहित निर्माणको काम थालिएको भएपनि विभिन्न कारणले साढे तिनवर्षमा बल्ल केबुलकारको निर्माण पुरा भएको हो ।

अहिले केबुलकारको सबै संरचना निर्माण गरि एकमहिना अघिदेखि संचालनमा आएको हो । हरितालिका तिजदेखि परिक्षणको रुपमा संचालनमा आएको केबुलकारमा अहिले अवलोकनकर्ताहरुको दिनहुं भिड लाग्ने गरेको छ ।

केबुलकार उद्घाटन नहुंदै दैनिक एकहजार जनासम्मले अवलोकन गर्ने गरेको केबलकारका व्यवस्थापक मनोज भुसालले जानकारी दिए । मंगलबार सम्म करिब ३० हजारले केबलकारको अवलोकन गरिसकेको भुसालले बताए ।

१ अर्ब भन्दा बढिको लागतमा निर्माण गरिएको केबलकारको २०७७ साल फागुन ९ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका थिए।

केबलकारको बटम स्टेशन रहेको पारी बुटवलको देउराली डांडामा आकर्षक पार्क निर्माण गरिएको छ । पार्कभित्र राखिएको ग्लोब सहितको वाटर फाउण्टेन, ढुंगे धारा, सिद्धार्थ गौतमबुद्धको सातवटा पाइलाको प्रतिकको रुपमा निर्माण गरिएका कमलका फूललाई पृष्ठभूमीमा राखेर तस्विर खिच्नेहरुको घुईचो लाग्ने गरेको छ ।

नेपाली सेनाका कर्णेल उजिर सिंहको कमाण्डमा ब्रिटिस फौजलाई परास्त गरेको जितगढी किल्ला र राजा मणिमुकुन्द सेनको शितकालिन दरबारको शिर हुंदै मणिमुकुन्द सेनको गृष्मकालिन दरबार रहेको पाल्पाको नुवाकोटसम्म पुग्ने भएकोले यो केबलकार ऐतिहासिक रुपमा समेत महत्वपूर्ण छ ।

देउराली डांडादेखि दुई किलोमिटर माथी रहेको नुवाकोट केबलकारबाट सात मिनेटको यात्रापछि पुग्न सकिन्छ । मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिकै रहेर पनि ओझेलमा परिरहेकोले केबलकारको संचालनपछि नुवाकोटको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नुवाकोटमा मणिमुकुन्द सेनको पालामा निर्माण गरिएको अग्लो त्रिशुल सहितको भैरव मन्दिर रहेको छ ।

त्यस्तै मणिमुकुन्द सेनको गृष्मकालिन दरबारको भग्नावशेष, राजा रुद्र सेनले स्थापना गरेको शिव लिङग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषिको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशुल तथा ऐतिहासिक रानीकुवा रहेका छन् ।

केबलकारको निर्माणसंगै टप स्टेसनमा सांस्कृतिक डबली, ढुंगेधारा, होटल तथा रेष्टुरेन्ट लगायतका पूर्वाधार निर्माणको काम भईरहेको सिद्धार्थ केबलकार प्रालीका संचालक माधव नेपालले जानकारी दिए ।

रुपन्देही र पाल्पा जिल्लाको संगमस्थलका रुपमा रहेको नुवाकोट गढीको मनोरम प्राकृतिक दृश्यसंगै त्यहांबाट उत्तरतर्फ देखिने हिमश्रृङखला र दक्षिण तर्फको समथर फाटले त्यहां पुग्ने पर्यटकहरुलाई आकर्षित गर्छ ।

पच्चिस वटा गोण्डला रहेको केबलकारमा शुरुआतमा दैनिक ५ हजार यात्रु आवतजावत गर्ने र अधिकतम दैनिक १० हजार सम्म यात्रु बोक्न सक्ने क्षमता छ ।

२०५५ सालमै बुटवलका तत्कालिन मेयर भोजप्रसाद श्रेष्ठले बुटवलको भिजनरी प्रोजेक्टको रुपमा नुवाकोटमा केबलकार लैजाने योजना अहिले सिद्धार्थ केबुलकारले पुरा गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित