तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’

लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीको सुपादेउरालीमा अव मन्दिर दर्शनसँगै ‘एएस एड्भेन्चर’ को मज्जा लिन पाइने भएको छ । सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको सुपा देउराली मन्दिरमा सधैजसो दर्शनार्थीहरुको घुइँचो लाग्छ । तिनै दर्शनार्थीहरुलाई लक्षित गर्दै पर्यटन प्रवद्र्धन गर्न एएस एड्भेन्चरको शुभारम्भ गरिएको छ ।

स्थानीय दुई युवाले निजी लगानीमा निर्माण गरेको एड्भेन्चरमा पिङको मज्जा लिन पर्यटकहरु मन्दिरदेखि १० मिनेटको पैदल दूरीमा रहेको स्थानमा पुग्न थालेका छन् ।

सुपा देउराली मन्दिर समुद्र सतहदेखि करिब चार हजार ५०० फिटको उचाइमा रहेको छ । त्यो भन्दा केही बढी उचाईमा एएस एड्भेन्चर निर्माण गरिएको छ । एड्भेन्चरका सञ्चालक अर्जुन कुँवरले सुपादेउराली मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले अव एड्भेन्चरको रमाइलो लिएर फर्किने बताए ।

अर्घाखाँची, गुल्मी र प्युठानका पायक पर्ने गाउँबाट कपिलवस्तुको पत्थरकोटमा नुन बोक्ने ढाक्रे आवतजावत गर्दा सुपा देउरालीमै बास बस्थे । पहाडको खेपीजस्तोमा देवता भेटिएपछि २०४० सालदेखि त्यहीँ पूजा गर्न थालिएको हो । नर्तनाञ्चल पहाडको बिचबाट सदरमुकाम जोड्न पूर्वपश्चिम राजमार्गको ‘गोरुसिंगे–सन्धिखर्क’ सडक निर्माण भएपछि पूजा गर्ने ठाउँलाई तलबाट माथि बाटोको छेउँमा सारियो ।

खाँचीकोट र नरपानीका स्थानीयवासीले कच्ची मन्दिर बनाए । सुपा देउरालीमा जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । वि.संं २०६४ सालमा बाबा गुरुको नामबाट चिनिने नरनारायणले करिब तिन करोडको लगानीमा आधुनिक मन्दिर बनाएपछि भक्तजनको आकर्षण थपियो र आम्दानी पनि पहिलेको तुलनामा तेब्बर भएको छ । सुपादेउरालीको महत्व बढ्दै गएपछि यो ठाउँलाई पर्यटकीय विकास गर्न दुई युवा कस्सिएका हुन् ।

अहिलेसम्म एक करोड भन्दा बढी लगानी गरिएको एड्भेन्चरमा झट्का पिङलगायतका संरचना बनाइएका छन् । पर्यटकहरुले एक हजार रुपियाँको कम्बो प्याकेज अनुसार झड्का पिङ, झुला खेल्न पाउने छन् भने, हत्केलाको भ्यूप्वाइन्ट तथा सिसाको भ्यूप्वाइन्टबाट सुपादेउराली मन्दिर, लाहुरे टाँसिएको भिर अवलोकनका साथै सेल्फी खिच्न पाउने छन् । निकट भविष्यमै जिपलाईन निर्माण गरिने र बन्जी जम्प सम्म निर्माण गर्ने योजना रहेको सञ्चालक कुँवरले बताए । यहाँबाट लाहुरे बजारसम्मको दृश्य हेर्न मिल्ने गरी एड्भेन्चर तयार गरिएको हो ।

सुपादेउरालीमा पर्यटक आउने र फर्किने मात्र अवस्था रहेको हुँदा यहाँको पर्यटन प्रवद्र्धन हुन नसकेकोले पर्यटनमा लगानी गरिएको अर्का सञ्चालक सिर्जन थापाले बताए । “साढे दुई करोडसम्म लगानी पु¥याउने हाम्रो योजना छ”–उनले भने ।

आजभोलि यस क्षेत्रलाई बुटवल, पाल्पा, दाङ, सल्यान, प्युठान, भैरहवा, कपिलवस्तु लगायत जिल्लाका विद्यार्थीले शैक्षिक भ्रमणको केन्द्र पनि बनाएका छन्।

रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान लगायत भारतबाट लुम्बिनी दर्शन गर्न पुगेका केही पर्यटक यहाँसम्म दर्शन गर्न आउँछन् । सरकारले घोषणा गरेका एकसय उत्कृष्ट गन्तव्य सूचीमा सुपा देउराली मन्दिर पनि समावेश छ ।

अप्ठ्यारो समस्या परेको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका भाकल गरी बली चढाइन्छ ।
पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड अन्तर्गत ४७ किमी दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूला–ठूला पहाडको खोँचमा प्राचीन शैलीमा यो मन्दिर निर्माण गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित