बुटवल । जितगढी सराय ब्यबस्थापन समिति बुटवल–१३ ले दशैंको पुणिमा सराय नांच प्रर्दशन गर्ने भएको छ ।
बिगतका बर्षहरुमा जस्तै असोज ३० गते पुर्णिमामा सराय नांच देखाउन लागिएको समितिले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
समिति का अध्यक्ष खिम बहादुर थापा ले ऐतिहासिक लोपउन्मुख सराय नांच संरक्षणका लागि सराय नांच गर्न लागिएको बताए ।
बिस २०७० सालदेखि देखि गुल्मी, पाल्पा, अर्घाखांची, प्यूठानबाट बसाइसराइ गरि बुटवल आएकाहरु को पहलमा सराय नांच संरक्षण गर्ने उद्देश्यले बर्षेनी यो कार्यक्रम राखिएको अध्यक्ष थापाले बताए ।
सराय नांच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकार बाट सहयोग भएको छ ।
सराय नांचमा नेपाली सेनाले टुकुटि प्रर्दशन गर्ने कार्यक्रम छ । सराय नांचको लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले उद्घाटन गर्ने कार्यक्रम छ ।
समितिका सचिव पिताम्बर भण्डारीले दिउसो १ बजेदेखि सुरु भएर ५ बजे सराय नांच सकिने बताए । पुरानो संस्कृति पछिल्लो समय संकटमा पर्दै जान थालेपछि समितिले अहिले निरन्तर नांच प्रदर्शन गर्दै आएको उनको भनाई छ ।
परापूर्वकालदेखि नाच्दै आएको साराय नांचलाई अहिलेका पुस्तासम्म देखाउनु पर्छ भने लागेरै कार्यक्रम गर्न लागिएको उनले बताए ।
तरबार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सराय नांच गुल्मी, अर्घाखांची, पाल्पा लगाएतका क्षेत्रहरुमा मान्ने प्रचलन छ ।










