बुटवल–१० स्थित तपोभूमि बचत तथा क्रृण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धर्मराज पौडेलको अध्यक्षता तथा रुपन्देही बचत संघका अध्यक्ष बसन्त ढकालको प्रमुख आतिथ्यतामा १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि ढकालले केही सहकारीका कारण अहिले राम्रा र सफल भएका सहकारीहरु पनि डराउनुपर्ने अवस्था आएको बताए । क्रृण प्रवाह गर्दा जोखिम कम हुने ठाउँमा गरेमा कोही पनि डराउनु नपर्ने भन्दै उनले समग्र सदस्यको हितमा रहेर काम गर्न आग्रह गरे ।
साथै उनले सहकारीको माध्यमबाट साना तथा मझौला उद्यमी तयार गर्न सकिने भएकाले सरकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै महिलाहरुलाई उद्यम तर्फ जोड्न सहकारीले प्रोत्साहन गर्नुपर्ने बताए । संस्थाका अध्यक्ष धर्मराज पौडेलले आउने बर्षमा सहकारीका सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान, शिविर, तथा उद्यममा कसरी लाग्ने भन्ने बारे अभिमुखीकरण कार्यक्रम गर्ने बताए ।
साथै उनले सहकारीलाई अनलाईन पद्दतिमा अझ विस्तार गर्दै लैजाने पनि बताए । उनले बचतकर्ताको विश्वास नतोडी सहकारीलाई अव्वल बनाउन लागि रहेको समेत बताए । बुटवल उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष बलु पुनले सहकारीहरु नाफा कमाउने मात्र नभई सामाजिक कार्यमा अग्रसर हुन सुझाव दिए ।
कार्यक्रममा कोषाध्यक्ष विष्णु नेपालीले १२ करोड बढिको वासलात प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार भिम बहादुर थापा, लेखा समिति संयोजक प्रमोद प्रसाद कसजु, बुटवल उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख गुणाखर खनाल, जनप्रतिनिधी मिन बहादुर सारु, मंगलमय सहकारीका अध्यक्ष किसन बहादुर थापा, संस्थाका सदस्य शारदा पौडेल, नारायण पन्थ लगाएतले बालेका थिए । संस्थाका उपाध्यक्ष उज्वल खनालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव गोपाल पोखरेलले गरेका थिए । सहकारीमा १ हजार १५२ सदस्य रहेका छन् ।