तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सामुहिक सहकारी संस्था तिलोत्तमा–३ को ३० औं वार्षिक साधारणसभा सम्पन्न

सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा ३ शंकरनगरको आफ्नो ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुरेन्द्र कुमार वर्माको अध्यक्षता तथा जेष्ठ सदस्य रत्न बहादुर क्षत्रीको प्रमुख आतिथ्यतामा ३० औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि क्षत्रीले सहकारीको मूल्य र मान्यता अनुसार सहकारी अघि बढेकाले नै सहकारीले आज सफलता प्राप्त गरेको बताए ।

संस्थाका अध्यक्ष सुरेन्द्र कुमार वर्माले आगामी आ.व. मा भैरहवामा समेत सेवा केन्द्र सञ्चालन गर्ने गरी योजना बनाएको बताए ।
साथे उनले आफ्नो सहकारीको जग्गामा भवन निर्माण गर्ने लक्ष्य लिइएको बताए । उनले आगामी बर्ष सेवा केन्द्र अनुसारको साधारण सभा गरिने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख बक्ता रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधी सभाका सांसद बासुदेव घिमिरेले कुशल व्यवस्थापन र नेतृत्वकै कारण सहकारी देशकै नमुना भएको भन्दै यसलाई अव सहकारीको लक्ष्य सदस्यहरुलाई उद्यमी बनाउनु रहेको बताए ।

सानो पूंजीबाट पनि स्वरोजगार उद्यम गर्न सकिने भएकाले सहकारीले अब गृहणी महिलाहरुलाई उद्यममा जोड्ने गरी नयां कार्यक्रम ल्याउन आग्रह गरे । २०५० सालमा २६ जना सदस्यबाट संचालन गरिएको सहकारीमा अहिले ११ हजार ७ सय ७९ जना शेयर सदस्य पुगेका छन् ।

स्थापना कालमा २ हजार ६ सय शेयर पूंजी संकलन गरि सुरु भएको सहकारीमा हाल ३२ करोड ८० लाख ३ हजार एकसय शेयर पूंजी पुगेको छ भने २ अर्ब ७२ करोड ५९ लाख ७४ हजार ५ सय ९३ रुपैया निक्षेप संकलन रहेको अध्यक्ष बर्माले बताए ।

तिलोत्तमा शंकरनगर स्थित मुख्यकार्यालय संगै भलवारी, फर्साटिकर र बुटवल सेवाकेन्द्र मार्फत सदस्यहरुको बचत संकलन हुंदै आएको छ । सहकारीले विभिन्न क्षेत्रमा २ अर्ब ७३ करोड ३९ लाख ८६ हजार ८ सय ८४ रुपैयां कर्जा लगानी गरेको र खराब कर्जा नरहेको कोषाध्यक्ष पार्थमणी आचार्यले बताउनुभयो । सहकारीले सहकारी सिद्धान्त र मर्म अनुरुप संचालन भएकै कारण डिभिजन सहकारी कार्यालय, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ तथा नेफ्स्कुनबाट समेत विभिन्न पुरस्कारहरु प्राप्त गरेको छ ।

कार्यक्रममा सचिवको प्रतिबेदन प्रस्तुत गर्दै मिनप्रसाद पोख्रेलले सहकारीको मूल्य मान्यता अनुसार संचालन नहुने सहकारीहरुका कारण राम्रा सहकारीहरु पनि बदनाम हुने अवस्था आएको भन्दै सदस्यहरु पनि आफुले बचत संकलन गरेको सहकारी कसरी चलेको भन्ने विषयमा सतर्क हुनुपर्ने बताए ।


कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष माधव पाठक, सल्लाहकार चुरामणी खरेल, सदस्यको तर्फबाट शारदा पन्थी, कृष्णप्रसाद घिमिरे लगाएतले बोलेका थिए । कार्यक्रम सञ्चालक समिति सदस्य भूमिलाल सापकोटाको स्वागत तथा सचिव मिनप्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित