जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

आयोजक झरना स्पोर्टस क्लब फाईनलमा

रुपन्देहीमा जारी ३६ अौ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा आयोजक झरना स्पोर्टस क्लब बिजयी हुदै फाईनलमा प्रवेश गरेको छ। स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बिहिबार भएको खेलमा गोर्खा ब्यायज क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो।

खेलको चौथो मिनेटमा गोर्खा ब्यायजका अनिल रानामगरले बाईसाईकल क्रिकमार्फत जाली चुमाए। यसैगरि खेलको रिचार्डले दोस्रो गोल गरे। गोर्खा ब्यायजका अनिल रानामगरको क्रशमा रिचार्डले झरनाका गोलकिपर अमानत शेखलाई बिट गर्दै गोल गरे। दोस्रो हाफमा झरना खेलमा फर्कियो । खेलको ४४ अौ मिनेटमा झरनाका एरोन थापाले गोल गरे। खेलको ६५ अौ मिनेटमा जितेश गुरुङले बराबरी गोल गरे। अतिरक्त समयमा झरनाका एलेक्स भिक्टरले विजयी गोल गरे। लक्षु थापाको क्रममा हेडमार्फत गोल गरे। खेलमा झरनाका सन्तोष खत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ३१ हजार रुपैया, यसैगरि उपविजेता टिमले १ लाख ८१ हजार रुपैया, कप तथा सेमिफाईनलमा पुग्ने दुई टिमलाई जनही नगद २५ हजार रुपैयाका साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ३ हजार ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई १० हजार र सर्वोत्कृष्ट खेलाडीलाइ १५ हजार रुपैयाबाट पुरस्कृत हुने छन् । प्रतियोगिता तिलोत्तमा नगरपालिकाको कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेल मैदानमा भई रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित