तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बधशालामा जान व्यवसायीलाई बुटवलको निरन्तर कडाई

बुटवल । बुटवलमा मासु पसलहरुलाईको निरन्तर अनुगमन र बधशालामा जानको लागि कडाईलाई जारी राखिएको छ । बिगत ६ दिनदेखि बुटवल उपमहानगरपालिकाको टोलीले विभिन्न वडाका मासु पसलहरुलाई निर्देशनात्मक रुपमा कडाईका साथ बधशालामा जान आग्रह गरिरहेको छ ।

बुधबार पनि बुटवल वडा नम्बर ७, ८ र ११ का विभिन्न खसी बोकाका मासु पसलहरुलाई अनुगमन गरिएको छ । अनुगमनका क्रममा धेरैजसो व्यवसायीलाई पसल बन्द गरी पालिकाको निर्देशनलाई अटेरी गरेका छन ।

तर, बुटवल उपमहानगरपालिकाले नगरबासीलाई स्वच्छ र गुणस्तरीय मासु पाउने व्यवस्थाको लागि बधशालामा गएर मासु काटन व्यवसायीलाई आग्रह गरिरहेको बुटवल उपमहानगरपालिका राजश्व शाखाका अनिल मान्डब्यले बताए ।

उपमहानगरपालिकाले ऐन बनाएर प्रतिबन्ध लगाएको १ वर्ष पुग्दासम्म ऐन कार्यान्वयन हुन नसकेपछि उपमहानगरले बजार क्षेत्रको पशुबधलाई बन्द गराउन प्रक्रिया अगाडि बढाएको छ ।

पालिकाको अटेरी गर्ने व्यवसायीलाई पहिलो चरणमा १० हजार र दोस्रो चरणमा पनि पसलमा मासु काटेको भेटेपछि २५ हजार रुपैयाँसम्मको जरिवानाको पत्र काटेको छ ।

स्वच्छ मासु मात्रै बिक्रीका लागि पटक–पटक आग्रह गर्दासमेत अटेरी गरेपछि जरिवाना गरिएको र पुन अटेर गरे अब ५० हजार जरिवाना गरिने र त्यसपछि पनि अटेर गरेमा मासुपसलमा शिल गरिने मान्डब्यको भनाइ छ । बुटवल उपमहानगर बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको बताउंदै बधशालामा बध गरिएको मासु मात्रै बिक्री–वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरेको छ ।

बुटवलका मासु व्यवसायीले भने एउटा ब्यवसायिक कम्पनीलाई एकाधिकार दिलाउन उपमहानगरले मासुमा ‘सेण्डिकेट’ लगाउन थालेको आरोप लगाएका छन् ।

बधशालाको ठेकेदारले ब्यवसायीको खसीबोका काटिदिएको प्रति एकको एक हजार लिँदा उपभोक्तालाई मासु महङ्गो पर्नजाने तर्क गर्दै उनीहरुले पशुबधको मापदण्ड बनाएर ब्यवसायीलाई पनि मापदण्डभित्र रहेर बधशाला संचालन गर्न दिनुपर्ने माग गर्दै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित