तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुधबारदेखि फेरि पानी पार्ने प्रणाली सक्रिय हुँदै, मौसम महाशाखाले जारी गर्‍यो ‘अलर्ट’

बुधबारदेखि फेरि पानी पार्ने प्रणाली सक्रिय हुने भएकाले दुई दिन सकर्तकता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणाली बिस्तारै उत्तर पश्चिमतिर सर्ने क्रममा रहेकाले असोज १६ दिउँसोदेखि १७ गते रातिसम्मका लागि उक्त प्रणालीको प्रभाव रहने देखिन्छ।

सो प्रणालीका कारण असोज १६ (बुधबार) दिउँसो कोसी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोसी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

बुधबार राति कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोसी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यस्तै असोज १७ (बिहीबार) दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बामती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

महाशाखाले अगाडि भनेको छ : कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोसी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित