तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दाउन्ने सडक मंगलबार रातभर बन्द गरिने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड मंगलबार रातभर बन्द गरिने भएको छ । पहिरोले भत्किएको सडक मर्मत गर्न रातभर यातायात सञ्चालनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार सडकको रिर्टेनिङ वाल भत्किएर सडक ४०० मिटर भासिएको छ । ‘सडक भासिँदा हाइटेन्सन टावरसमेत ढलेको छ,’ प्रजिअ श्रेष्ठले भनिन्, ‘सडक मर्मतगरी सहज रूपमा यातायात सञ्चालनमा ल्याउन भदौं १५ गते राति १० बजेदेखि १६ गते बिहान ५ बजेसम्म बर्दघाट बजारदेखि पूर्वी सिमाक्षेत्र दाउन्नेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’

बर्दघाट नगरपालिका–४ मा पर्ने खोलामा सडक भासिएपछि सोमबार साँझदेखि बन्द भएको सडक मंगलबार बिहान पौने ९ बजेदेखि एकतर्फी यातायात सञ्चालनमा आएको थियो ।

अहिले मर्मत भएर एकतर्फी सञ्चालनमा आए पनि ठूलो पानी परेको अवस्थामा सडक भत्किने अवस्था छ । त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सडक बन्द गरेर काम गर्न लागिएको प्रजिअ श्रेष्ठले बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित