लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

प्रथम ईन्टर रोट्याक्ट कप फुटसलको उपाधि रोट्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीलाई

बुटवल ।
रोट्याक्ट क्लव अफ मणिग्रामको आयोजना भएको प्रथम रोट्याक्ट कप फुटसल प्रतियोगिताको उपाधि रोट्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीले हात पारेको छ ।

रुपन्देहीको तिलोत्तमा स्थित युनिक फुटसलमा भएको प्रतियोगितामा रोट्याक्ट क्लव अफ तिनाउ सिटीलाई पराजित गर्दै रोट्याक्ट क्लव अफ सेन्ट्रल बुटवलले उपाधि हात पारेको हो ।

उपाधि हात पारेको रोट्याक्ट क्लव अफ सेन्ट्रल बुटवलले नगद २२ हजार २ सय २२ तथा उपविजेता बनेको रोट्याक्ट क्लव अफ तिनाउ सिटीले नगद ११ हजार १११ सहित शिल्ड र मेडल प्राप्त गरे ।

उनीहरुलाई क्लवले रोट्याक्ट डिष्ट्रिक ३२९२ का डिआरआर विक्रम क्षेत्री, क्लवका एडभाईजर लक्ष्मण ज्ञवाली, संस्थापक अध्यक्ष कृष्णप्रसाद बस्याल, क्लवका अध्यक्ष प्रमोद भण्डारीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

१७ टिमको सहभागिता रहेको प्रतियोगिताले क्लव भित्र आपसी भाईचारको विकास हुनुका साथै खेल र खेलाडिको प्रोत्साहन भएको क्लवका अध्यक्ष भण्डारीले बताए ।

कार्यक्रम संयोजक गणेश पन्तले सामाजिक क्षेत्रमा अग्रसर क्लवले हरेक बर्ष फुटसल संगै अन्य कार्यक्रम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष कृष्णप्रसाद बस्याल, क्लवका पुर्व अध्यक्ष निराजन अर्याल, डिष्ट्रिक ३२९२ का एडिटी प्रकाश खनाल, एडिएस अनुप पाण्डे लगाएतले विजयी खेलाडिहरुलाई शुभकामना दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित