दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

प्रथम ईन्टर रोट्याक्ट कप फुटसलको उपाधि रोट्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीलाई

बुटवल ।
रोट्याक्ट क्लव अफ मणिग्रामको आयोजना भएको प्रथम रोट्याक्ट कप फुटसल प्रतियोगिताको उपाधि रोट्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीले हात पारेको छ ।

रुपन्देहीको तिलोत्तमा स्थित युनिक फुटसलमा भएको प्रतियोगितामा रोट्याक्ट क्लव अफ तिनाउ सिटीलाई पराजित गर्दै रोट्याक्ट क्लव अफ सेन्ट्रल बुटवलले उपाधि हात पारेको हो ।

उपाधि हात पारेको रोट्याक्ट क्लव अफ सेन्ट्रल बुटवलले नगद २२ हजार २ सय २२ तथा उपविजेता बनेको रोट्याक्ट क्लव अफ तिनाउ सिटीले नगद ११ हजार १११ सहित शिल्ड र मेडल प्राप्त गरे ।

उनीहरुलाई क्लवले रोट्याक्ट डिष्ट्रिक ३२९२ का डिआरआर विक्रम क्षेत्री, क्लवका एडभाईजर लक्ष्मण ज्ञवाली, संस्थापक अध्यक्ष कृष्णप्रसाद बस्याल, क्लवका अध्यक्ष प्रमोद भण्डारीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

१७ टिमको सहभागिता रहेको प्रतियोगिताले क्लव भित्र आपसी भाईचारको विकास हुनुका साथै खेल र खेलाडिको प्रोत्साहन भएको क्लवका अध्यक्ष भण्डारीले बताए ।

कार्यक्रम संयोजक गणेश पन्तले सामाजिक क्षेत्रमा अग्रसर क्लवले हरेक बर्ष फुटसल संगै अन्य कार्यक्रम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष कृष्णप्रसाद बस्याल, क्लवका पुर्व अध्यक्ष निराजन अर्याल, डिष्ट्रिक ३२९२ का एडिटी प्रकाश खनाल, एडिएस अनुप पाण्डे लगाएतले विजयी खेलाडिहरुलाई शुभकामना दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित