तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी सरकारको निर्णय- विपद्‌बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने

लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्‌बाट हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशमा तीन दिनको अविरल बर्षाका कारण तुलनात्मक रूपमा क्षति कम भएपनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुःख व्यक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद्अघि, विपद्को समय र पछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना कम गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।

बैठकले नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको छ । यसअघि प्रदेशका ११ जिल्लामा सडक पूर्वाधार कार्यालयबाट सेवा प्रवाह भइरहेको छ । मन्त्री ढकालका अनुसार लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरूको जिम्मेवारी तोक्नेसमेत बैठकले निर्णय गरेको छ ।

जसअनुसार भिमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ईश्वरराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । साथै प्रदेश राजपत्र तथा कानुनहरूको सम्पादन र प्रकाशन नियमावली-२०८१ स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित