युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बुटवलबाट काठमाण्डौ जांदै गरेको विंगरजिप पहिरोले परिदा १४ जनाको ज्यान गयो

बुटवल । बुटवलबाट काठमाण्डौ जांदै गरेको विगर जिपसंगै पुरीदा बुटवलका १४ जनाको ज्यान गएको छ। ज्यान जानेमा जिप चालक रमेश लुईटेल समेत छन्।

पृथ्वी राजमार्गको नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्। ति मध्ये १३ जनाले बुटवलबाट टिकट लिएको र १ जना नारायणगढबाट चढेका यात्रु हुन सक्ने बताईएको छ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अनुसार सुक्रवार बिहान लु १ ज ४५७८ नंम्वरको उक्त जिपमा काठमाण्डौ जानका लागि बुटवलको टाफिक चोकमा रहेको काउण्टरबाट १० जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए।

यात्रुहरुले नाम नलेखाई समुहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। ति मध्ये, बोम, कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ भने एक जनाको मोवाईल नम्वर मात्रै उल्लेख छ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका टिकट साखाका कर्मचारी लक्ष्मण कार्कीका अनुसार कालिकानगरका ३ जना, देवीनगरका ३ जना र सुख्खा नगरका ३ जना यात्रुहरु रहेका थिए। उनीहरुको अझै सनाखत हुन सकेको छ्रैन्।
नागढुंगा-नौबिसे सडक खण्डको झ्याप्लेखोलामा झरेको पहिरोमा उक्त विंगर गाडी पुरिएको थियो।

प्रहरी प्रभाग नागढुंगाका अनुसार मृतक सबै बुटवलका हुन मृतक मध्ये बुटवल सेमलारकी सिर्जना कुंवर र उनका आफन्त २ जना रहेका छन्। पहिरोमा उक्त जिप संगै एउटा कार समेत पुरिएको र उद्धार चलि रहेको प्रहरीले बताएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यी शवहरू पहिरोमा परेका तीनवटा बसबाट निकालिएको हो। बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको उनले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा ३५ जना टोली उद्धार र खोजीमा खटिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित