तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पहिरोले तम्घास रिडी सडक अवरुद्ध

गुल्मी । अविरल वर्षासँगै पहिरोले तम्घास रिडी सडक अवरुद्ध भएको छ ।

जिल्लाको छत्रकोट गाउँपालिका-३ लुम्छा र गुल्मीदरबार गाउँपालिकाको- ४ बिरवासमा पहिरोले कालोपत्रे सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

बाटो सञ्चालन गर्न निर्माण व्यवसायी समान्तर कन्टस्ट्रक्सनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । अहिले रिडीदेखि बिरवाससम्मको २५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न काम भइरहेको छ ।

गुल्मी सदरमुकाम तम्घास भित्रिने मुख्य सडक हो । सडक विस्तारको क्रममा रहेकाले अन्य समयमा पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित