कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

रोट्याक्ट क्लव अफ मणिग्रामको आयोजना प्रथम रोट्याक्ट कप फुटसल प्रतियोगिता हुने

रोट्याक्ट क्लव अफ मणिग्रामको आयोजना प्रथम रोट्याक्ट कप फुटसल प्रतियोगिता हुने भएको छ ।

रुपन्देहीको तिलोत्तमा स्थित युनिक फुटसलमा हुने प्रतियोगितामा असोज १२ गते हुनेछ । आयोजक रोट्याक्ट क्लव अफ मणिग्रामले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । क्लवका अध्यक्ष प्रमोद भण्डारीले आपसी सद्भाव कायम गर्दै खेल क्षेत्रको प्रबद्र्धनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए।

कार्यक्रम संयोजक गणेश पन्तले प्रतियोगितामा १७ टिमको सहभागिता हुने बताए । प्रतियोगितामा विजेताले नगद २२ हजार २ सय २२ तथा उपविजेताले नगद ११ हजार १११ सहित शिल्ड र मेडल प्राप्त गर्ने उनको भनाई छ ।

प्रतियोगिता सम्पन्न गर्न कुल डेढ लाख खर्च अनुमान गरिएको छ । यसैबीच क्लवले रोट्याक्ट डिष्ट्रिक ३२९२ का डिआरआर विक्रम क्षेत्रीको प्रमुख आतिथ्यतामा ट्रफि तथा जर्सी सार्वजनिक गरेको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि क्षेत्रले रोट्याक्ट क्लवहरु सामाजिक क्षेत्रमा मात्र नभई खेल क्षेत्रको विकास र खेलाडिहरुको क्षमता बृद्धिका लागि परेको बताए ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष कृष्णप्रसाद बस्याल, क्लवका पुर्व अध्यक्ष निराजन अर्याल, डिष्ट्रिक ३२९२ का एडिटी प्रकाश खनाल, एडिएस अनुप पाण्डे लगाएतले बोलेका थिए। कार्यक्रम क्लवका अध्यक्ष प्रमोद भण्डारीको अध्यक्षता, उपाध्यक्ष विनोद बस्यालको स्वागत तथा कार्यक्रम सञ्चालन गणेश पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित