तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मीमा सुक्खा पहिरो, एक महिला बेपत्ता

सुक्खा पहिरोमा परी गुल्मीको मालिका गाउँपालिका–२, जुनाम, सिम्लेकी एक महिला बेपत्ता भएकी छन्।

पहिरोमा परी ६९ वर्षीया टनी पुन आइतबारदेखि बेपत्ता भएकी हुन्।

घरनजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुक्खा पहिरो झरेको थियो। त्यसपछि उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा २ वटा गोरू मरेको भेटिएको प्रहरीको भनाइ छ।

उक्त सामुदायिक वनको ६ सय मिटर माथिबाट सुक्खा पहिरो गएको छ। अहिलेसम्म सम्पर्कमा नआएकीले पहिरोमा पुरिएको हुन सक्ने प्रहरीको अनुमान छ।

स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित