कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता: जनज्योती युवा क्लब विजयी

रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा जनज्योती युवा क्लब विजयी भएको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा सोमबार भएको खेलमा वालिङ युनाईटेड एफसीलाई  २ – १ गोल अन्तरले पराजित गर्दै जेजेएफसी अन्तिम आठमा स्थान बनाएको हो । खेलको शुरुवातमा निक्कै प्रतिस्प्रात्मक खेलको पहिलो हाफ गोल रहित बराबरी भयो । दुबैतर्फबाट पाएका धेरै अवसरहरु गोलमा परिणत गर्न सकेन ।

दोस्रो हाफको खेल शुरु भएको दोस्रो मिनेटमा जनज्योतिले अग्रता लियो । डिबक्सभित्र वालिङका रुपेश हमालले जेजेएफसीका खेलाडी लडाएपछि पाएको  पेनाल्टीलाई जेजेएफसीका सन्दिप बिष्टले जाली चुमाए । तर यो अग्रता धेरै बेर टिकेन । वालिङका निश्चया थापाले खेलको ४८ औ मिनेटमा बराबरी गोल गरे ।

जेजेएफसीका चन्दन दासले ६५ औ मिनेटमा विजयी गोल गरे । खेलमा जेजेएफसीका जन्मजय धामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । उनलाई क्लबका सल्लाहकार छत्र बहादुर दलार्मीले पुरस्कार वितरण गरे । प्रतियोगिताको मंगलबार देवदह ब्यायज र आयोजक झरना स्पोर्टस क्लबका बिचमा हुने खेल संयोजक बिजय पुनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित