दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

३६ औ झरना रनिङशिल्ड फुटबल: न्यु सिर्जना युथ क्लब, करौजिया अन्तिम आठमा

बुटवल। रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा न्यु सिर्जना युथ क्लब, करौजिया अन्तिम आठमा प्रवेश गरेको छ ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा आईतबार भएको खेलमा फर्साटिकर युथ क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै न्यु सिर्जना युथ क्लब, करौजियाले अन्तिम आठमा स्थान बनाएको हो ।
निक्कै प्रतिस्प्रर्धात्मक खेलमा पहिलो मिनेटमा फर्साटिकरका बसन्त बहादुर रानाले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर खेलको छैटौ मिनेटमा न्यु सिर्जनाका मिलन आलेले बराबरी गोल फर्काए । खेलको १२ औ मिनेटमा फर्साटिकरका बसन बहादुर रानाले पुनः गोल गर्दै खेलमा टिममा अग्रता दिलाए । न्यु सिर्जनाका सकिन गुरुङले खेलको १८ औ मिनेटमा फेरि बराबरी गोल गरे ।
खेलको ३८ औ मिनेटमा दुर्गा बहादुर बानिया क्षेत्री क्रशमा सकिन गुरुङले थप गोल गर्दै खेलमा सिर्जनालाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा फर्साटिकरका टिकाराज गुरुङको डिबक्सबाहिरबाट गरेको प्रहारलाई न्यु सिर्जनाका गोलकिपर राकेश गुरुङले फ्लिप गरेर बचाए। खेलको ४६ औ मिनेटमा फर्साटिकरका टिकाराज गुरुङले पुनः बराबरी गोल गरे ।
खेलको ५९ औ मिनेटमा न्यु सिर्जनाका सन्दिप मल्लले गोल गरे । उनले गोलिकपरलाई बिट गर्दै गोल गरेका थिए । खेलको न्यु सिर्जनाका सन्दिप मल्लले विजयी गोल गरे ।
खेलको ८० औ मिनेटमा फर्साटिकरका टिकाराज गुरुङले टिमको लागि चौथो गोल गरे पनि जितका लागि पर्याप्त भएन । खेलमा न्यु सिर्जनाका मिलन आले म्यान अफ दी म्याचबाट पुरस्कृत भए । सोमबार वालिङ युनाईटेड र जनज्योती एफसीका बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित