लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता: योग स्टार अन्तिम आठमा 

रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै योग स्टार युथ क्लब मडाहा क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा शनिबार सम्पुर्ण युथ क्लब सुपौलीलाई ३—० गोल अन्तरले पराजित गर्दै योग स्टार अन्तिम आठमा स्थान बनाएको हो ।

कुन्जलापुरस्थित उमा निमाबिको फुटबल मैदानमा योग स्टारको जितमा बिक्की राईले दुई तथा अनुज गैरेले एक गोल गरे । खेलको १२ औ मिनेटमा बिक्कि राईले वन भर्सेज वनमा गोलकिपर बिट गर्दै खेलमा अग्रता दिलाए ।
त्यसको एक मिनेटमा अनुज गैरेले दोस्रो गोल गरे । पहिलो हाफ दुइ गोलले पछि परेको सम्पूर्ण दोस्रो हाफको अन्तिम मिनेटमा गोल खान पुग्यो ।

खेलमा बिक्कीले गोल गरे । सम्पुर्णका खेलाडीहरुले पाएको आधा दर्जन बढी अवसरलाई सदुपयोग गर्न नसक्दा खेलमा पराजित भयो । सम्पुर्णका साबि गुरुङको ३ वटा प्रहार योग स्टारका गोलकिपरले राकिदिएका थिए ।

खेलमा म्यान अफ दी म्याच योग स्टारका टिम क्याप्टेन कुशल बिश्वकर्मालाई लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले पुरस्कार बितरण गरे । आईतबार न्यु सृजना युथ क्लब र फर्साटिकर युथ क्लबका बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित