कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

झरना रनिङ शिल्ड फुटबल: लिस्नु युवा क्लब क्वाटरफाईनलमा प्रवेश

रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा लिस्नु युवा क्लब क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा शुक्रबार भएको खेलमा सुनौलो संगम युवा क्लबलाई ४—० गोल अन्तरले पराजित गर्दै लिस्नु युवा क्लब अन्तिम आठमा स्थान बनाएको हो ।

कुन्जलापुरस्थित उमा निमाबिको फुटबल मैदानमा राष्ट्रिय खेलाडीसहित मैदान उत्रेको लिस्नु खेलमा हाबी भयो । पहिलो हाफको ४३ औ मिनेटमा लिस्नुका शिशिर लेखिले गोल गर्दै टिमलाई अग्रता दिलाए । स्थानिय खेलाडीसहित मैदान उत्रेको सुनौलो दोस्रो हाफमा थप ३ गोल खान पुग्यो ।

दोस्रो हाफमा १४ औ मिनेटमा लिस्नुका विदेशी खेलाडी गोडविन अपि काशीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई सुदिप श्रेष्ठले गोलमा परिणत गरे । खेलको २४ मिनेटमा शुसिल राईले तेस्रो गोल गरे ।

लिस्नका शुशिल राईले दोस्रो गोल गरे । खेलमा लिस्नुका शिशिर लेखी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । लेखीलाई एनजी मार्टका म्यानेजिङ डाईरेक्टर नारायण बन्जोडेले बितरण गरे ।

शनिबार योग स्टार मुडाहा र सम्पुर्ण युवा क्लबका बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित