रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई

बुटवल । राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ती बुटवल नगद सहित सम्मानित भएको छ ।
शिक्षा पत्रकार समुहले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको रजत वर्ष २०८० ( ८१ का अवसरमा प्रदान गरिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थितीमा आयोजना गरिएको कार्यक्रममा अर्वाड सहित नगद २५ हजार रुपैया नगद प्रदान गरेको रेडियोका अध्यक्ष दिपु पोखररेले जानकारी दिईन ।

सम्मान प्रदान गर्दै मन्त्री भट्टराईले आगामी दिनमा पनि रेडियोको माध्यमबाट शिक्षाको क्षेत्रमा उल्लेख्य भुमिका निवार्ह गर्न आग्रह गरिन । शिक्षा बिना समाज र राष्ट्र अगाडी बढ्न नसक्ने जानाउँदै उनले सबै क्षेत्र मिलेर शैक्षिक क्षेत्रको विकास गर्न जरुरी रहेको बताईन ।
पुरस्कार तथा सम्मान ग्रहणगर्दै रेडियोका अध्यक्ष दिपु पोखरेलले सम्मानले थप हौसला मिलेको बताईन ।

निरन्तर १६ बर्षदेखि आवाज बिहिनको आवाज उठाएर समाजमा सञ्चारको माध्ययमबाट खेलेको भुमिका र योगदानको उचित मुल्यांकन गरी सम्मान गरेकोमा समुहलाई धन्यवाद ब्यक्त गरिन । आगागी दिनमा पनि रेडियाले शिक्षा क्षेत्रका समस्या पहिचान गरि सञ्चारको माध्ययमबाट निरन्तर रुपमा उठाउने प्रतिबद्धता ब्यक्त गरिन ।


मोफसलमा रहेर महिलाहरुको नेतृत्वमा संचालित सामुदायिक रेडियोले सार्वजनिक शिक्षाको गुणस्तर अभिबृद्धि, र यसको बिस्तारमा पुर्र्याएको योगदानका आधारमा अवार्ड प्रदान गरिएको समुहका सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक हरि थापाले बताए । महिलाहरुद्धारा सञ्चालित रेडियो मुक्ती बिगत १६ बर्षदेखि लुम्बिनी प्रदेशको बुटवलबाट ९५ थोप्लो ५ मेगाहर्जबाट प्रसारण हुदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित