युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

औषधीको नाममा हुने लागुऔषधको कारोबारलाई रोक्छौंः मुख्यमन्त्री आचार्य

म्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औषधी व्यवसायको नाममा हुने लागुऔषधको कारोबारलाई कडाइ गरिने बताएका छन्।

औषधी विभागले स्वीकृति नदिएका औषधीको बिक्रीवितरणमा कडाइ गरिने भन्दै मुख्यमन्त्री आचार्यले व्यवसायीकर्तालाई ख्याल गरेर व्यवसाय गर्न औषधी व्यवसायीलाई आग्रह गरे।

नेपाल औषधि व्यवसायी संघ रूपन्देहीकोले आयोजना गरेको औषधी व्यवसायीहरूको क्षमता अभिवृद्धि तालिमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र मानिसको जीवनको संवेदनशील क्षेत्र भएकोले जिम्मेवार भएर व्यवसाय गर्न आग्रह गरे।

‘स्वास्थ्य क्षेत्रमा यहाँहरूले पुर्‍याएको योगदानको सम्मान गर्न चाहन्छु तर, औषधीको नाममा हुने लागुऔषधको कारोबार क्षम्य हुन सक्दैन,’ उनले भने।

मुख्यमन्त्री आचार्यले जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि औषधीको अभाव हुन नदिन आग्रह गरे।

मुख्यमन्त्री आचार्यले अस्पतालहरूको उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने पनि बताए।

सरकारी सँगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाइने उनको भनाइ छ।

‘सरकारी अस्पतालको सेवा सुविधालाई सुधार गर्दै निजी क्षेत्रका अस्पताललाई पनि कानुनी दायराभित्र ल्याएर सेवा प्रवाहलाई चुस्त बनाउनेतर्फ सरकारको ध्यान गएको छ,’ मुख्यमन्त्री आचार्यले भने।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित