तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा रोकियो, पूर्वी नेपालका केही ठाउँमा आज ठूलो पानी पर्ने

लुम्बिनी र सुदूरपश्चिममा अस्ति (बिहीबार) साँझदेखि लगातार परिरहेको वर्षा रोकिएको छ । गएरातिदेखि पश्चिम नेपालमा लगातारको वर्षा रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिममा वर्षा रोकिए पनि बागमतीसहित पूर्वी नेपालका केही ठाउँमा भने आज पनि ठूलो पानी पर्ने छ ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्य उत्तरप्रदेशको आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ ।

यसअघि बिहीबारदेखि लुम्बिनी र सुदूरपश्चिमलगायत पश्चिम भेगमा ठूलो पानी परेको थियो ।

बाढी र डुबानले कैलाली, कन्चनुर र बर्दियामा ठूलो क्षति गरेको थियो । बाढी र डुबानका कारण तीन जिल्लामा ३०० परिवार विस्थापित भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित