तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देहीको सैनामैनास्थित स्टार सहकारी बचतकर्ताको रकम नदिइ भाग्याे

रुपन्देहीको सैनामैनास्थित मुर्गियामा रहेको स्टार बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा समस्या उत्पन्न भएको छ । सदस्य सेवा केन्द्रको रुपमा रहेको यस सहकारीले एक करोडभन्दा बढी बचत रकम फिर्ता गर्न आनाकानी गर्दा बचतकर्ता विचल्लीमा परेका हुन् ।

मजदुर, किसान, सैलुन व्यवसायी जो आर्थिक रुपमा कमजाेर भएका बचतकर्ता बढी मारमा परेको जनाएका छन् । इलाका प्रहरी कार्यालयमा बिहीबार ४ सयभन्दा बढी बचतकर्ताको पुगेर धर्ना दिएको सहभागीको दाबी छ ।

इलाका प्रहरी कार्यालय रन्यौराले स्टार बहुउद्देश्यीय सहकारी संस्था सदस्य सेवा केन्द्र सैनामैनाका अध्यक्ष चिरञ्जिवी भण्डारीलाई नियन्त्रणमा लिएको छ ।बचतकर्ताले आफूहरुले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै सो सहकारीविरुद्ध प्रहरीकोमा निवेदन दिएका थिए ।

बचतकर्ता बमबहादुर आचार्यले आफ्नो रकम फिर्ता नपाएसम्म आन्दोेलन थप चर्काउने र कानुनी बाटो अपनाउने बताएका छन् । बचत रकम हिनामिना गरेको आरोपसमेत बचतकर्ताले लगाएका छन् ।

सो विषयलाई लिएर सहमतिको प्रयास भैरहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टले जानकारी दिए ।

उक्त सहकारीमा ४५० जनाभन्दा बढीको बचत रकम रहेको भन्दै बचतकर्ताको रकम फिर्ताका लागि सहमति गर्न लागिपरेको प्रहरी निरीक्षक विष्टको भनाइ छ । सहकारीको अनुगमन गर्ने निकाय नै प्रभावकारी नहुँदा समस्या थपिएको बचतकर्ताको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित