तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एउटै सडकमा तीन बर्षमा दुर्घटना हुँदा २५ जनाको मृत्यु

बुटवल । प्युठानको एउटै सडकमा भएका दुर्घटनाबाट तिनवर्ष २५ जनाको मृत्यु भएको छ ।

सरुमारानी १ गनाहदेखि स्वर्गद्वारीसम्मको करिब ५० किलोमिटरको उक्त सडकमा तीन वर्षमा २५ जनाको दुर्घटनामा परी ज्यान गएको हो ।

नेपालको विभिन्न भूभाग र भारतीय पर्यटकहरुका आवागमन हुने मुख्य सडकमा पछिल्ला तीन आर्थिक वर्षमा २५ जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ । तथ्यांक अनुसार यो अवधीमा ३३ वटा दुर्घटना भएका छन् ।

आर्थिक बर्ष २०७८÷०७९ देखि २०८०÷०८१ सम्म ३ बर्षको अवधिमा ३३ वटा सवारी साधन दुर्घटना हुंदा २५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

ति दुर्घटनामा परि ४७ जना गम्भिर घाईते भएका छन् । २०४५ साल भालुवाङ प्युठान सडक र २०६४ सालमा भिंग्री स्वर्गद्वारी सडक निर्माण भएपनि सडक सुधार प्रभावकारी नहुंदा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

गतबर्ष जेठ २९ गते स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा कार दुर्घटना हुंदा ८ जनाको ज्यान गएको थियो ।

त्यसपछि यो सडक सुधारको विषयमा सम्बन्धित सरोकारवालापक्षहरुको चासो बढेको छ ।

गतबर्ष मात्रै सडक डिभिजन कार्यालय प्युठानको पहलमा सडक बोर्ड मार्फत ११ करोड बजेटको व्यवस्था गरेर सडक सुरक्षाको लागि भिंगृदेखि स्वर्गद्वारीको खण्डमा खर्च गरिएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित