तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

३७ तस्वीरमा हेर्नुहोस्– बुटवलमा आत्महत्या विरुद्ध निकालिएको सचेतनामुलक र्‍याली

आत्महत्या रोकथामबारे सम्वाद सुरु गरौं, दृष्टिकोण बदलौं भन्ने नारासहित मंगलबार विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । दिवसको अवसरमा बुटवलमा सचेतनामुलक र्‍याली निकालिएको छ ।

रुपन्देही भित्र रहेको विभिन्न रोटरी क्लब तथा ईलाका प्रहरी कार्यालय बुटवलको सहभागितामा सचेतनामुलक र्‍याली निकालिएको हो । बुटवलको राजमार्ग चौराहदेखि ट्राफिकचोकसम्म निकालिएको र्‍यालीका सहभागिहरुले हातहातमा आत्महत्या रोकथामका विभिन्न सचेतनामुलक सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।

र्‍याली समापनको अवसरमा बोल्दै ई क्लब मेडिको फ्युजनका अध्यक्ष मानसिक रोग विशेषज्ञ डा विक्रम काफ्लेले आत्महत्या गर्नेहरुको संख्या हरेक वर्ष थपिदै गएकोले रोकथामका लागि ढिलो गर्न नहुने बताए । उनले आत्महत्या गर्नेलाई घृणाको दृष्टिले हेर्ने नभई आत्महत्याको सोंच आउनु पनि एउटा रोग हो भनेर समयमा सम्वाद गर्न सके व्यक्तिलाई आत्महत्या गर्नबाट जोगाउन सकिने बताए ।

हरेक वर्ष ७ लाख भन्दा बढि मानिसले आत्महत्या गर्न थालेपछि त्यसको रोकथाम गर्ने भन्दै विश्व स्वास्थ्य संगठनले २००३ यो दिवस मनाउन थालेको हो । डा. काफ्लेका अनुसार नेपालमा हाल दैनिक २० जनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

जुन हरेक वर्ष बढिरहेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वष २०७१र७२ मा ४ हजार ३ सय ५० जनाले विभिन्न माध्यमबाट आत्महत्या गरेकोमा गत आर्थिक वर्ष २०८०÷८१ मा बढेर ७ हजार २ सय २३ पुगेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले मानसिक स्वास्थ्य समस्या नै आत्महत्याको कारण बन्दै गएको उल्लेख गर्दै तनाव व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्नुपर्ने बताए ।

आत्महत्या हिंशा र व्यक्तिको मानसिक अवस्थासंग जोडिएको भनिएपनि आत्महत्याका पछाडी आर्थिक र सामाजिक कारणहरु पनि हुने गर्छन् । बढ्दो बेरोजगारी, बैदेशिक रोजगार, प्रेम तथा अध्ययनमा असफता लगायतका कारण पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दो छ । यसैवर्ष नेपाल प्रहरीले गरेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक अध्ययन प्रतिवेदन अनुसार आत्महत्या गर्नेहरुमा महिला भन्दा पुरुषहरुको संख्या बढि देखिएकोले यो मानसिक अवस्थासंगै सामाजिक र आर्थिक अवस्थासंग पनि जोडिएको छ भन्ने पुष्टि गर्छ ।

विश्वमा प्रत्येक एक लाख जनसंख्यामा ११ जनाले आत्महत्या गर्छन् भने नेपालमा यो दर प्रति एक लाखमा २४ जना हाराहारी रहेको छ । नेपाल सरकारले लिएको दिगो विकास लक्ष्यमा आत्महत्याको दरलाई घटाएर सन् २०३० सम्ममा प्रति एकलाख जनसंख्यामा ४ दशमलव ७ मा ल्याउने भनिएको छ । तर, संख्या घट्नुको सट्टा हरेक वर्ष बढ्दै जानुले सरकारको उक्त लक्ष्य पुरा हुनेमा चुनौती देखिएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित