बुटवल । रुपन्देहीको तिलोत्तमा वडा नं. ९ बाट एक किशोरी बेपत्ता भएकी छिन् । वडा नं. ९ को नमुना बस्तीमा बस्ने १४ बर्षिय युमना रोका मगर आईतबार विहान १० देखि बेपत्ता भएको भन्दै उनका अभिभावकले प्रहरीमा निवेदन दिएका छन् ।
रोल्पाको सुनिल स्मृती गाउँपालिका स्थायी ठेगाना रहेकी युमना रोका मगर तिलोत्तमामा अभिभावक सावित्रा भण्डारी संग बस्दै आएकी थिईन । तर आईतबार विहान १० बजे घरबाट एक्कासी हिडेको र अहिले सम्म पनि सम्पर्कमा नआएपछि प्रहरीमा निवेदन दिएको अभिभावक सावित्रा भण्डारीले बताईन ।

ईलाका प्रहरी कार्यालय मंगलापुरमा खोजविनका लागि अभिभावक सावित्रा भण्डारीले निवेदन दिए पश्चात प्रहरीले पनि उनको खोजी गरिरहेको छ ।
निलो सर्ट, सेतो कालोधर्के पाईन्ट र कालो चप्पल लगाएर घरबाट निस्केकी गहुँगोरो बर्णकी युमनालाई फेला पार्नुहुनेले नजिकको प्रहरी कार्यालय वा अभिभावकको फोन नं. ९८५१०३४८७१ मा फोन गरिदिन अपिल गरिएको छ ।










