तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मुख्यमन्त्री आचार्यद्वारा तीजको शुभकामना

  • लैंगिक समानताका लागि कानुनी आधार तयार रहेको भनाई
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानताका लागि कानुनी आधार निर्माण गरेर कार्यान्वयनको चरणमा पुगेको बताएका छन्।

    हरितालिका तिजको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले २०८० पुस ६ गते लुम्बिनी प्रदेश लैङ्गिक समानता नीति–२०८० स्वीकृत गरिसकेको जानकारी दिदै अब प्रदेश तहको विकास र शासनलाई लैङ्गिक उत्तरदायी बनाउने, महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, लैङ्गिकताका आधारमा हुने सबै प्रकारका भेदभाव र हिंसाको अन्त्य गर्ने, महिलाको आर्थिक, सामाजिक सशक्तीकरण गर्नेगरी नीति निर्माण गरेर अघि बढ्ने बताएका हुन् ।
    हरितालिका तिज पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शुभकामना सन्देशमा उल्लेख छ ।

    समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न पर्वले महत्वपूर्ण भूमिका निभाएको, यस पर्वमा महिलाहरूले आफ्नो दुःख, पीडा र खुसीहरु साझा गर्ने हुँदा यसले सामूहिकता र आत्मबल समेत बढाउने विश्वास लिएका छन् ।‘तिज हाम्रो संस्कृति, परम्परा र धार्मिक आस्थाको अतुलनीय पर्व हो, जसले समाजमा महिला सशक्तीकरणको सन्देश बोकेको छ’शुभकामना सन्देशमा भनिएको छ,‘यो पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मानित गर्दै हकअधिकार र स्वतन्त्रताको बारेमा समाजलाई जागरुक बनाउने काम गर्दछ । तिज पर्वले समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन प्रेरित गर्ने विश्वास लिएको छु ।’ कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाइराख्नु अति आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाई छ ।

    पर्वको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानुपर्ने भनाई उनको छ । हरितालिका तिज पर्वको अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्। लुम्बिनी प्रदेश सरकारले तिजको अवसरमा प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित