तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मानव सेवा आश्रमका आश्रितहरूको निःशुल्क दन्त उपचार सुरु

बुटवल । पैसाको अभावमा कसैले दुखाई सहन नपरोस् पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस् भन्ने उद्देश्यको साथमा मानव सेवा आश्रमका आश्रितहरूको निःशुल्क दन्त उपचार सुरु भएको छ ।

मानव सेवा आश्रम रुपन्देहीमा आश्रित रहेका लक्ष्मी – नारायणहरुको निःशुल्क दन्त उपचार कार्यक्रमको शुक्रवार तिलोत्तमामा रहेको मानव सेवा आश्रममा शुभारम्भ गरिएको हो ।

मानव सेवा आश्रमको आयोजना तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्स , रोट¥याक्ट लुम्बिनी स्टार्स र आधुनिक समाज विकास फाउन्डेसनको समन्वय तथा आधुनिक समाज डेन्टल केयर प्रालीको प्राविधिक सहयोगमा निःशुल्क उपचार शुभारम्भ भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले समाजको सुधारको लागि युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । समाजमा मानवीय संवेदना हराउँदै गएको बताउँदै मानवीय कार्य गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै मानव सेवामा अश्रुतलाई यो कार्यमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

आधुनिक समाज डेन्टलका अध्यक्ष अमृत भुसालले मुख स्वास्थ्यको क्षेत्रमा आफूहरू विगतका वर्षहरूमा देखी नै लागिरहेको बताए । उनले गत वर्ष मुख स्वास्थ्य शिक्षा कार्यक्रमलाई अगाडी बढाएर १ लाख बढी बालबालिकालाई शिक्षा प्रदान गरेको बताउँदै यो वर्ष आफ्नो पिडा खुलेर बताउन नसक्ने व्यक्तिहरूलाई निःशुल्क दन्त उपचार प्रदान गर्ने उद्देश्यअनुरूप काम गरिरहेको बताए ।

आधुनिक समाज डेन्टल प्रालिले भ्यान नै लगेर आश्रममै उपचार सेवा दिइरहेको छ । मुख स्वास्थ्य अभियानको रूपमा रहेको प्रालिले गाउँ गाउँमै मोबाइल एम्बुलेन्स जस्तैगरि दन्त उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

आधुनिक समाज डेन्टलका वरिष्ठ मुख स्वास्थ्य चिकित्सक सुनिल खरेलले मानवीय सेवा गर्न पाउनु निकै खुसीको कुरा भएको बताए ।

कार्यक्रममा मानव सेवा अभियन्ता सरु अधिकारी, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका पूर्व अध्यक्ष बालकृष्ण पाण्डे, रोट¥याक्ट लुम्बिनी स्टार्सका कार्यवाहक अध्यक्ष गौरव पाण्डे , रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष नीरज पाण्डे, क्लबका निर्वाचित अध्यक्ष विमल ढकाल, मानव सेवा आश्रम रुपन्देही शाखा संयोजक टीका थापा लगायतले मानवीय कार्यले निरन्तरता पाउनुपर्ने बताउँदै यस्ता कार्यक्रममा सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित