युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

विक्रि भएको घर कानून अनुसार प्राप्त गर्नुपर्ने माग

बुटवल । रुपन्देहीको तिलोत्तमामा ३ स्थित स्थानीय बिमला कुमारी श्रेष्ठबाट कानूनी रुपमा खरिद गरेको घर प्रशासन संग संमन्वय माग्दा समेत काली नगरिदिएको पिडीत पशुपती घिमिरले बताएका छन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनले आफुले विमाला कुमारी श्रैष्ठ बाट कानूनीरुपमा यद्यपी उक्त घर जग्गा २०७४ साल असार १६ गते पशुपती घिमिरेकी श्रीमती राधादेवी पौडेल (घिमिरे)लाई बिक्री भएको थियो ।

विक्री भएको लामो समय सम्म पनि घर भोगचलन गर्न नपाएको भन्दै पिडीत घिमिरेले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गुहार गरेका थिए । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कानूनीरुपमा उक्त घर राधादेवी पौडेल(घिमिरे)को नाममा भएको कारण घर विक्रि गर्ने ले तुरन्त खाली गर्नुपर्ने बताएका छन् ।

घर र जग्गा ७ वर्ष अगाडी नै खरिद गरेका पशुपति घिमिरले प्रशासनको सहयोगमा खाली गराउनको लागि माग गर्दै आएका छन् । जिल्ला अदालत रुपन्देही र उच्च अदालत बुटवलले समेत फैसला घिमिरेको नाममा उक्त जग्गा सहितको घर भएको ठहर गरेको छ । विक्री गरेको घर पुनः फिर्ता पाउनुपर्ने माग सहित पुर्व जग्गा धनी श्रेष्ठले अहिले आएर आनावश्यक समुहको साथ लिएर घर खाली गर्नमा अडान गर्दै आएकी छिन् । तिलोत्तमा ३ (साविकको आनन्दवन गाविस–३ ‘ख’) स्थित कित्ता नम्बर ३८६९ मा रहेको १६.७५ क्षेत्रफलको जग्गामा बनेको २ तले घरसहित बिमलाले जग्गाको मूल्य २ करोड ३१ लाख तथा घरको मुल्य १५ लाख गरी २ करोड ४६ लाखमा पशुपतिकी श्रीमति राधादेवी पौडेल (घिमिरे)लाई राजीनामा दिएको मालपोत कार्यालयको काजगातमा देखिन्छ ।

पत्रकार सम्मेलनमा पिडीत घिमिरेले आफुले किनेको घर आफैलाई दिनु पर्ने माग गरेका छन् ।उनले सबै प्रकृया पुर्याएर सहमतिमै घर जग्गा खरिद गरेको उल्लेख गर्दै गर्दै कानूनी रुपमा पनि उक्त घर आफ्नो भएकोले घर खाली गरिदिन श्रेष्ठ संग आग्रह गरेका छन् ।आफुले किनेको घर आफ्नै भएकाले यहि भदौ १५ गते घर सर्ने कार्यक्रम रहेको समेत जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित