युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

श्रीकृष्ण जन्माष्टमीमा मुख्यमन्त्रीको सन्देशः समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिदै उनले प्रदेश सरकार विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न प्रतिबद्ध रहेको बताएका हुन । प्रदेश सरकारका कामकारवाहीलाई उत्तरदायी, पारदर्शी, सहभागितामूलक तथा मितव्ययीबनाई सुशासन प्रवद्र्धन गर्न सरकारले अभियान थालिसकेको जानकारी दिएका छन् ।

सुशासनकायम गर्ने विषयलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न नीतिहरु अबलम्वन गरेको छ । नागरिक तहमा आशा, भरोसा र विश्वासको वातावरण निर्माण गर्न सरकार दृढ रहेको भनाई मुख्यमन्त्री आचार्यको छ ।

समृद्ध प्रदेशको माध्यमबाट मुलुकको समग्र विकासको महाअभियानमा जोडिन सबै राजनैतिकदल, सामुदायिक संघ संस्था र आम नागरिकहरुमा अपिल समेत गरेका छन् ।

भगवान श्रीकृष्ण प्रतिको आस्थाले गलत प्रवृतिविरुद्ध लडी असल आचरण, सदाचार, पुण्य र सत्कर्म प्राप्त गर्न उत्प्रेरित गर्ने, यो पर्वले सामाजिक एकता, प्रेम र आपसी सहयोगको भावनाको प्रबद्र्धन गरेको समेत उल्लेख गरेका छन् ।

विभिन्न जाति, धर्म र समुदायका मानिसहरुलाई एक सुत्रमा बाँध्न र एक आपसको सौहाद्र्धताको वातावरण बनाउँदै आएको समेत शुभकामना सन्देशमा उल्लेख छ । सांस्कृतिक पर्वहरूले सामाजिक सद्भाव र जागरणमा योगदान दिने गर्छन् । श्रीकृष्ण जन्माष्टमीले आध्यात्मिक चिन्तन र ध्यानमा समेत प्रेरित गरेको छ’शुभकामना सन्देशमा भनिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित