युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

‘सर्जमिनमा संलग्न कागजातमा तत्काल कुनै शंका गर्ने आधार नदेखिएपछि हस्ताक्षर गरेको हुँ’

बुटवल । सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले निसन्तान दम्पतीको छोरी बनेर अंश हत्याउन लागि परेको आरोप लागेका मालती मल्लाहिन र रिखीदेवी अग्रवाल विषयमा आफुले अहिले जानाकारी पाएको बताएका छन् ।
विभिन्न सञ्चार माध्यममा निःसन्तान दिवंगत सुखु मल्लाहको सम्पती उनकै दाजु फौदार मल्लाहका छोराहरु लालजीत र सन्त मल्लाहको नाममा गइसकेको अवस्थामा उक्त सम्पती हत्याउन ‘नक्कली छोरी’ बनेर गरिएको प्रयासमा आफ्नो नाम जोडिएको भन्दै आफ्नो ध्यानआर्कषण भएको बताए ।
भैरहवामा उनले पत्रकार सम्मेलनको आयोजना गर्दै राज्यको जिम्मेवार निकाय नेपाल प्रहरीले सर्जमिन प्रक्रिया पुरा गरेर आफुकहाँ ल्याए र उक्त सर्जमिनमा संलग्न कागजातमा तत्काल कुनै शंका गर्ने आधार नदेखिएपछि आफुले हस्ताक्षर गरेको बताए ।
साथै उनले रिखिदेवी अग्रवालको घर वडा नंं ८ मा भएको भएपनि मालती मल्लाहीनका बारेमा आफुलाई केही थाहा नभएको बताए ।
‘प्रहरीले हस्ताक्षरका लागि ल्याएका कागजातमा महिलाले बंशजका आधारमा प्राप्त गरेका नागरिकताका प्रमाणपत्र संलग्न थिए । सर्जमिन मेरै वडाबाट गाराउने भुमिकामा मलाई जोडिएको भताएपनि उक्त कार्यमा म कुनै किसिमले संलग्न छैन’ उनले भने ।
साथै उनले रिखिदेवी अग्रवालका श्रीमान राजेशकुमारले केही समयपछि बसोबास, पारिबारिक विवरण र नाता प्रमाणित लगाएतका प्रक्रियाका लागि पेश गरेका कागजपत्र शंकास्पद देखिएकाले अहिले त्यी सवै कागजपत्र आफुले रोेकेको बताए ।
सिद्धार्थनगर–६ का निःसन्तान दम्पत्ती सुखु मल्लाह र कवुतरी मल्लाहको छोरी भन्दै रिखीदेवी र मायादेवी–३ की बासिन्दा मालती मल्लाहिनले नागरिकतामा सुखुको नाम राखेर नागरिकता बनाएर अहिले सम्पत्ती हड्प्ने प्रयास गरिरहेको आरोप लागेको छ ।
अदालतको फैसलाबाट सुखुका दाजु फौदार मल्लाहका छोराहरु सिद्धार्थनगर–६ का लालजित मल्लाह र सन्त मल्लाहले काकाको सम्पत्ती नाममा गराएका छन । सुखु र कवुतरीको मृत्यु भइसकेको छ । निसन्तान सुखुको छोरी भएको मालती र रिखीदेवीले दावी गरिरहेका छन ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित