
बुटवल । सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले निसन्तान दम्पतीको छोरी बनेर अंश हत्याउन लागि परेको आरोप लागेका मालती मल्लाहिन र रिखीदेवी अग्रवाल विषयमा आफुले अहिले जानाकारी पाएको बताएका छन् ।
विभिन्न सञ्चार माध्यममा निःसन्तान दिवंगत सुखु मल्लाहको सम्पती उनकै दाजु फौदार मल्लाहका छोराहरु लालजीत र सन्त मल्लाहको नाममा गइसकेको अवस्थामा उक्त सम्पती हत्याउन ‘नक्कली छोरी’ बनेर गरिएको प्रयासमा आफ्नो नाम जोडिएको भन्दै आफ्नो ध्यानआर्कषण भएको बताए ।
भैरहवामा उनले पत्रकार सम्मेलनको आयोजना गर्दै राज्यको जिम्मेवार निकाय नेपाल प्रहरीले सर्जमिन प्रक्रिया पुरा गरेर आफुकहाँ ल्याए र उक्त सर्जमिनमा संलग्न कागजातमा तत्काल कुनै शंका गर्ने आधार नदेखिएपछि आफुले हस्ताक्षर गरेको बताए ।
साथै उनले रिखिदेवी अग्रवालको घर वडा नंं ८ मा भएको भएपनि मालती मल्लाहीनका बारेमा आफुलाई केही थाहा नभएको बताए ।
‘प्रहरीले हस्ताक्षरका लागि ल्याएका कागजातमा महिलाले बंशजका आधारमा प्राप्त गरेका नागरिकताका प्रमाणपत्र संलग्न थिए । सर्जमिन मेरै वडाबाट गाराउने भुमिकामा मलाई जोडिएको भताएपनि उक्त कार्यमा म कुनै किसिमले संलग्न छैन’ उनले भने ।
साथै उनले रिखिदेवी अग्रवालका श्रीमान राजेशकुमारले केही समयपछि बसोबास, पारिबारिक विवरण र नाता प्रमाणित लगाएतका प्रक्रियाका लागि पेश गरेका कागजपत्र शंकास्पद देखिएकाले अहिले त्यी सवै कागजपत्र आफुले रोेकेको बताए ।
सिद्धार्थनगर–६ का निःसन्तान दम्पत्ती सुखु मल्लाह र कवुतरी मल्लाहको छोरी भन्दै रिखीदेवी र मायादेवी–३ की बासिन्दा मालती मल्लाहिनले नागरिकतामा सुखुको नाम राखेर नागरिकता बनाएर अहिले सम्पत्ती हड्प्ने प्रयास गरिरहेको आरोप लागेको छ ।
अदालतको फैसलाबाट सुखुका दाजु फौदार मल्लाहका छोराहरु सिद्धार्थनगर–६ का लालजित मल्लाह र सन्त मल्लाहले काकाको सम्पत्ती नाममा गराएका छन । सुखु र कवुतरीको मृत्यु भइसकेको छ । निसन्तान सुखुको छोरी भएको मालती र रिखीदेवीले दावी गरिरहेका छन ।