युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पुनः पोखरेल

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि टङ्क प्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, उपाध्यक्ष (जिल्ला नगर) जे.पी. कंडेल, उपाध्यक्ष (बस्तुगत) चन्द्रप्रकाश श्रेष्ठ, उपाध्यक्ष (एशोसिएट) लोकहरि श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै महासचिबमा शिव ज्ञवाली कोषाध्यक्षमा खिम बहादुर खत्री, सचिबमा अजय न्यौपाने निर्बाचित भएका छन् । सद्स्यहरुमा युबराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली मन्जु, सुकदेब बेल्बासे तेज बहादुर बुढा, नुरुद्दिन शाह,मन्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, सिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेश प्रसाद पोख्रेल, कोष बहादुर गुरुङ्ग र शंकर गौतम निर्बाचित भएका छन् । आगामी ३ वर्षे कार्यकालका लागि भएको निर्वाचनबाट निर्बाचित पदाधिकारी तथा सद्स्यहरुलाइ प्रमुख निर्बाचन अधिकृत बिनोद गौतमले प्रमाणपत्र वितरण गरेका थिए ।

यसै बीच अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषिको क्षेत्रमा कायापलट गर्न सकिने बताए । कृषि अनुदानमा सरकारले समेत लगानी गरिरहेकाले युवाहरू समेत कृषि पेसामा आकर्षित भएको उनले बताए । नेपालले कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति गर्न सकिने मुख्य मन्त्री चेतनारायण आचार्यले बताए ।

मुलुकमा राजनीतिक स्थायित्वका निम्ति २ राजनीतिक दल एक ठाउँमा आएपछि अर्थतन्त्रका सुचांक उकालो लागिरहेको उनले बताए । अब व्यावसायीका निम्ति आसाका दिन आएको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित