तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देहीका पत्रकार श्रेष्ठसहित ६ जना श्रष्टालाई प्रतिष्ठानद्वारा सम्मान

  • `
  • बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १६ औं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ६ जना स्रष्टालाई सम्मान गरेको छ ।

    सो अवसरमा रुपन्देहीका पत्रकार दिनेश कुमार श्रेष्ठलाई लोक पत्रकारिता पुरस्कारबाट नगद राशीसहित सम्मान गरेको छ भने श्रेष्ठ आजिवन सदस्य पुरस्कारबाट प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खेब बहादुर हमाल, स्रष्टा सम्मानबाट दिला गाहा, बाध्यबादक मधु शाही, नव प्रतिभा पुरस्कारबाट निष्ठा पुन तथा संस्थागत योगदान पुरस्कारबाट गायक प्रचण्ड जि.सी.लाई समान्न गरिएको छ । सम्मानित सबैलाई खादा र दोसल्लासहित नगद राशीसमेत प्रदान गरिएको हो । सम्मान तथा पुरस्कार वितरणपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथी लायन्स डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले दोक सँस्कृति राष्ट्रको पहिचान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।

    लोक सँस्कृतिको संरक्षणका लागि प्रतिष्ठानले गरेको योगदानप्रति आभार व्यक्त गर्दै उनले राज्यकोतर्फबाट यस क्षेत्रमा लगानी वृद्धि गरी श्रष्टाहरुको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । यसैगरी प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा कार्यक्रममा सम्मानित खेम हमालले लोक संस्कृतिको जगेर्नाले मात्रै मुलुको समृद्धि सफल हुने दाबी गरे । शुभकामना व्यक्त गर्दै रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले लोक सँस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनबाट मुलुकलाई आर्थिक समृद्धि प्रदान गर्न सकिने उल्लेख गरे । यसैगरी रात्रीकालिन व्यवसायका रुपमा दोहोरी साँझहरुलाई अगाडि बढाउँदा कलाकारहरुले रोजगारी प्राप्त गर्नुका साथै राज्यको लोक संस्कृति संरक्षण हुने भएकाले बुटवमा रात्रीकालिन बजारका लागि होटल व्यवसाय संघले संघर्ष गर्दै आएको उल्लेख गरे ।

    कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक गैरे, प्रतिष्ठानका केन्द्रीय महिला सचिव सिता राना, निवर्तमान केन्द्रीय सचिव प्रचण्ड जि.सी., केन्द्रीय सदस्यहरु पुरुषोत्तम भण्डारी, डिल्ली नारायण पाण्डे, प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष दिपु मगर, प्रतिष्ठानका आजिवन सदस्य बुद्धिराम पराजुली लगायतले बोल्दै संस्थागत हित र स्रष्टाहरुको संरक्षणमा लोकदोहोरी प्रतिष्ठानले थप सक्रिय भएर लाग्न आग्रह गरे । प्रतिष्ठान रुपन्देहीका प्रथम उपाध्यक्ष रितु थापाको स्वागत, सचिव विधान कार्कीको सञ्चालन तथा अध्यक्ष विजय सापकोटाको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित